• २०७७ माघ १४, बुधबार
  • इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

    ३ पुष २०७७, शुक्रबार ०८:२७

    काठमाण्डौ \  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

    गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा रहेको लेस्टर सिटीसँग अंक दूरी छोट्याएको छ ।

    अंक तालिकामा लेस्टर सिटीको १३ खेलबाट २४ अंक छ भने म्यानचेस्टर युनाइटेड १२ खेलमा २३ अंकका साथ छैठौं स्थानमा छ । सेफिल्ड युनाइटेड भने पुछारमा रहेको छ। यस्तै, प्रिमियर लिगकै अर्को खेलमा एस्टोन भिल्ला र बर्नलीले बराबरी खेलेका छन् । दुवै टिमले गोल रहित बराबरी खेलेका छन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *