• २०७७ माघ १४, बुधबार
  • पल्सर स्पोर्ट्स अवार्ड :‘पिपुल्स च्वाइस’को मनोनयनमा गौरिकादेखि मण्डेकाजीसम्म

    ३ पुष २०७७, शुक्रबार १७:०१

    काठमाण्डौ \ पल्सर स्पोर्ट्स अवार्डका लागि ‘पिपुल्स च्वाइस’ को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले पुस २८ गते हुने १७ औँ संस्करणको अवार्डका लागि पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको हो ।

    मनोनयनमा १३ औँ दक्षिण एसियाली खेलकुद सागमा चार वटा स्वर्णसहित कुल आठ पदक जितेकी गौरिका सिंहसहित करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र भलिबलकी कप्तान अरुणा शाही रहेका छन् ।

    यो मनोनयनमा परेका खेलाडीको भोटिङका लागि सबैले ई–सेवाबाट भोट गर्न पाउने छन् । भोटिङबाट आएको मतको भार ५० प्रतिशत तथा पत्रकार मञ्च र प्रशिक्षकहरूको २५-२५ प्रतिशत गरी अन्तिममा विजेताको टुङ्गो लाग्नेछ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *