• २०७७ फाल्गुण १५, शनिबार
  • क्रिसमस डेमा हेटौंडामा गायक नविन के. भट्टराईको लाइभ प्रस्तुती

    ७ पुष २०७७, मंगलवार १७:१४

    सिधाखबर \ बागमती प्रदेशको राजधानी हेटौंडामा गायक नविन के. भट्टराईले लाइभ प्रस्तुती दिने भएका छन् ।

    उनी संगै अतृप्त ब्यान्डका कलाकारले आफ्नो प्रस्तुती दिने जनाइएको छ ।

    हेटौंडा ४ मेनरोडमा रहेको नारायणी मलको डाइन एण्ड वाइन रेष्टुरेन्टको आयोजनामा कार्यक्रम हुने सञ्चालक नवराज आचार्यले बताए ।

    यहि १० गते शुक्रबार क्रिशमस डेको अवसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको आचार्य बताउछन् ।

    साझँ ६ बजेबाट सुरु हुने कार्यक्रम १० बजे सम्म हुने आचार्यले बताए ।

    यस अघि पनि डाइन एण्ड वाइनले ब्यान्डका कलाकारको साथमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

    आचार्यले क्रिशमसको शुभकामना आदानप्रदानका साथ कार्यक्रम हुने र आफ्नो सिट सुरक्षित राख्न आग्रह समेत गरेका छन्, ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *