भारतले दियो कोरोनाका दुई खोपलाई एकैपटक अनुमति

काठमाडौं \ भारत सरकारले आइतबार एकसाथ कोरोनाविरुद्धका दुई खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । स्वदेशी औषधि उत्पादक कम्पनी भारत बायेटेकको को-भ्याक्सिन र अक्सफोर्ड युनिभर्सिटीको उत्पादन अस्ट्राजेनिका खोपालई भारतको ड्रग रेगुलारिटी अथोरिटीले प्रयोगको अनुमति दिएको हो ।
भारतले यही वर्षभित्र ३० करोड जनतालाई कोरोनाविरुद्धको खोप दिने योजना बनाएको छ । यही योजनाअनुसार अस्ट्राजेनिकाले पाँच करोड डोज प्रतिमहिना खोप उत्पादन गरिरहेको बताइएको छ ।