निर्देशक श्रेष्ठको नयाँ चलचित्रमा एलिजा

निर्देशक दिपक श्रेष्ठले निर्माण गर्ने नयाँ चलचित्रमा नायिकाका रुपमा एलिजा गौतमलाई लिने भएकाछन् । आगामी माघ १ गते बाट छाँयाकनमा जाने यो चलचित्रलाई लिएर एलिजा हर्षित छिन् । एलिजालाई निर्देशक श्रेष्ठले आफनो चलचित्रमा सम्झौता समेत गराईसकेका छन् । यस अघि उनले अनुराग चलचित्र निर्माण संगै आफैले मुखय भुमिकामा काम समेत गरीसकेकीछिन् ।
पछिल्लो समय म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएकी एजिला सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । उनको एलिजा फाउन्डेशनले गरिबका लागि घर बनाइदिने काम अगाडि बढाएको छ । यसको शुरुवात धादिङ जिल्लाबाट शुरु हुने भएको एजिलाले बताएकीछिन् ।