‘के खानु कसम’ गीतको भिडियो सार्वजानिक (भिडियो सहित)

बिशाल काल्तानको शब्द, संगीत र लय रहेको …के खानु कसम’ नामक गीत सार्वजानिक भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । सुमित लामाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा मकवानपुरका सगुन स्याङतान, यङगी दोङ तामाङको अभिनय रहेको छ ।
दुच्छे म्यूजिक क्रियशनबाट सार्वजनिक भएको यस गीतमा दिपेश प्रधानकोे अडियो मिक्सिङ रहेको छ । लक्ष्मण घिमिरेले भिडियोलाई खिचेका छन् । निर्देशक सुमित लामाले पत्रकार सामु चितवनको जेम्सवल्ड पार्क, कविलास रिसोर्ट, टिकौलीको जंगल लगायतको क्षेत्रमा खिचिएको बताए । भिडियोलाई द मिरर युनिटले निर्माण गरेको हो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँई, उपाध्यक्ष सरिता दाहाल, चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दिपज्योति थापा, जिल्ला उपाध्यक्ष कपिल खड्का, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, युवा नेता सुनिल लोप्चन लगायतको उपस्थिती रहेको थियो ।