• २०७७ माघ १४, बुधबार
  • जोशीको नेतृत्वमा ब्लड डोर्नस एशोसियसन मकवानपुर गठन्

    २५ पुष २०७७, शनिबार १३:४४

    ब्लड डोर्नस एशोसियसन नेपाल मकवानपुरको अध्यक्षमा कपिला जोशी चयन हुनु भएको छ । यस अघि जिल्ला संयोजक रहनु भएका जोशी शनिबार भएको अधिबेशनबाट अध्यक्षमा सर्बसम्मत चयन हुनु भएको हो । ब्लड डोर्नस एशोसियसन नेपाल काठमाण्डौका अध्यक्ष ठाकुर श्रेष्ठको समन्वयमा गरीएको शाखा उपध्यक्षमा यत्तिराज दगांल,सचिबमा नकुल प्रसाद अधिकारी,सहसचिबमा आन्नद प्रसाद उपाध्याय,कोषाध्यक्षमा ईश्वर खतिवडा चयन हुनु भएको छ भने सदस्यहरुमा,मणिराज गौतम,रामकृष्ण थापा,जयराम पुलामी,रामहरी न्यौपाने लगाएतको समित चयन भएको छ ।

    जिल्लामा रगत अभाबका कारण कोही कसैको ज्यान जानुपर्ने अबस्था नरहोस भन्दै ब्लड डोर्नस एशोसियसन नेपाल मकवानपुर गठन गरीएको अध्यक्ष जोशीले बताउनु भयो । बिशुद्ध सामाजिक जेवा गर्ने संस्थाको रुपमा ब्लड डोर्नस एशोसियसन नेपाल मकवानपुर रहेको समेत उहाँले बताउनु भयो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *