• २०७७ माघ १४, बुधबार
  • नेपाल र भारत आकारमा सानो ठूलो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर : प्रधानमन्त्री ओली

    २८ पुष २०७७, मंगलवार १२:४८

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा सानो ठूलो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताएका छन । भारतीय सञ्चारमाध्यम जी न्यूजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको बताए । नक्साको विषय पनि संवादबाट सुल्झाउन सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । अहिले नेपाल र भारतको फरक–फरक नक्सा भए पनि भोलि निक्योल हुँदाको दिन एकै प्रकारका नक्सा बन्ने उनले बताए ।

    ओलीले भारत र चीनबीच सम्बन्ध सुमधुर बनाउन आफूले मध्यस्थता गर्न सक्ने भन्दै ओलीले आफू सी जिनपिङ र मोदीसँग पनि कुरा गर्न सक्ने र त्यसको लागि तयार रहेको बताए । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने ओलीले बताए । उनले नेपाल भारत र चीनलाई फरक ढंगले व्यवहार गर्ने नभइ पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अंगिकार गरिरहेको बताए । ओलीले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देशविरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने जानकारी दिए। उनले भारत र चीनले चाहेमा वार्ताका लागि मध्यस्थता गर्न तयार रहेको समेत जानकारी दिए । थाहा खबरबाट

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *