• २०७७ माघ १४, बुधबार
  • मनकामना दुग्ध सहकारीद्धारा ७ करोड ४२ लाखको दुध विक्री

    २८ पुष २०७७, मंगलवार १८:२६

    सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको मनकामना दुग्ध सहकारी संस्थाको ३३ औं वार्षिक साधारण सभा समापन भएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा सभा सभापन गरिएको हो । २५ गतेबाट सुरु गरेको सभा मंगलबार समापन भएको हो ।

    सभामा बोल्दै गाउँपालिका अध्यक्ष हुमागाईले किसानको लागत कम गर्न सहकारीले कार्ययोजना ल्याउनुपर्ने बताए । मनकामना सहकारी जिल्लाकै ठुलो दुग्ध सहकारीको रुपमा रहेको र मकवानपुरगढी गाउँपालिका दुग्ध पकेट क्षेत्रको रुपमा लैजाउनुपर्ने बताए । दुधमा प्रतिलिटर प्रदेश सरकारले दिएको अनुदानमा थप गाउँपालिकाले पनि अनुदान प्रदान गर्दै आएको छ सो वापतले पशुपालन क्षेत्रमा किसानलाई प्रोत्साहन गरिएको छ । निम्न स्तरको २/३ वटा गाईभैसी पाल्नेलाई पनि सहकारी र गाउँपालिकाले सहयोग गरि आर्थिक स्तर बढाउनु जरुरी रहेको बताए । सहकारी मार्फत अनाज संकलन र विक्रि गर्ने काममा गाउँपालिकाले अनुदानको व्यवस्था गरेको बताउदैं अध्यक्ष हुमागाईले सबै सहकारी उत्पादन संग जोड गरी आर्थिक पक्ष बलियो बनाउनु पर्ने बताए ।

    सहकारीले असार मसान्त सम्ममा किसान संग ६ करोड ८० लाख ९७ हजार ५२५को दुध खरिद गरेको छ भने ७ करोड ४२ लाख ७८ हजार १७३ बराबरको दुध विक्री गरेको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई २ करोड ३७ लाख ९६ हजार ऋण लागनी गरेको छ । दुध विक्रिबाट जिल्ला दुग्ध संघबाट १ करोड १ लाख३५ हजार ५२५ रकम भुक्तानी लिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । सहकारीले ३ करोड ८ लाख ३५ हजार ६६७को पशु आहार विक्री, १८ लाख १५ हजार ५४१को पशु औषधि विक्री र ४४ लाख ६३ हजार ६११को उपभोक्ता सामान विक्री गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    संस्थाका अध्यक्ष कृष्ण प्रसाद दहालको सभाध्यक्षतामा भएको सभामा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, संस्थाका पूर्व अध्यक्ष सिताराम दाहाल, जिल्ला संघ प्रतिनिधि विष्णु प्रसाद न्यौपाने, उपाध्यक्ष प्रकाश अधिकारी, व्यवस्थापक बलराम हुमागाई लगायतले आफ्नो भनाइ राखेका थिए ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *