• २०७७ माघ १४, बुधबार
  • जनता मावि हाजिरी जवाफ प्रतियोगितामा प्रथम

    २८ पुष २०७७, मंगलवार १९:१४

    सिधाखबर \ शहिद क. रुद्र पाख्रीन स्मति पार्क मकवानपुरगढी ४को आयोजनामा भएको मकवानपुरगढी गाउँपालिका स्तरीय माध्यामिक विद्यालयको हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यामिक विद्यालय सुकौरा प्रथम भएको छ ।

    गाउँपालिकाका ८ वटा माध्यामिक विद्यायलयको सहभागितामा भएको प्रतियोगितामा चण्डिका माध्यामिक विद्यालय द्धितिय र भानु माध्यामिक विद्यालय तृतिय भएको छ । विजयी विद्यालयका विद्यार्थीले क्रमशः प्रथम द्धितिय र तृतियले पाँच हजार, चार हजार र तिन हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

    Image may contain: 3 people, people standing and people on stage

    मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमख अतिथ्यता तथा स्मृति पार्क व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रिन (नेपाली)को सभाध्यक्षतामा भएको थियो । पौष २८ गते तत्कालिन शाही सेनाले हत्या गरेका शहिद क.रुद्र पाख्रीनको १८ औं स्मृति दिवसको अवसरमा उनको सम्झनामा हाजिरी जवाफ कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

    कार्यक्रममा वडा ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, शहिद पाख्रीनकी धर्मपत्नी राममाया पाख्रीन, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *