नेकपाको वडा भेला

सिधाखबर \ हेटौंडा उपमहानगर वडा नम्बर १५ मा नेकपाको वडा स्तरीय भेला भएको छ । मंगलबार भएको भेलामा नेकपाको केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सविधान विपरित कदम चालेको हुनाले त्यो कदम असैंवधानिक रहेकोले वडाका कार्यकर्ता माझ बुझाउनको लागि वडा स्तरीय भेलाको आयोजना गरेको नेकपा वडा कमिटिका अध्यक्ष दिपेश थिङले बताए ।
कार्यक्रममा नेकपा प्रदेश सदस्य ललित कुमार घलान, नेकपा नेता श्रीधर पोख्रेल, मिना कुमारी लामा, विवेक राई, लिला बहादुर घलान, किरणमान बल, माधव तिमल्सिना, प्रेम भोम्जन, पातली माया गोम्बा लगायतले ओलीले चालेको कदमको विरोध गर्दै आफ्नो भनाइ राखेका थिए । भेला वडा कमिटि अध्यक्ष दिपेश थिङको अध्यक्षतामा भएको थियो ।