• २०७७ फाल्गुण १५, शनिबार
  • श्रेष्ठ पुनः बंशगोपाल माविको अध्यक्षमा चयन

    ९ माघ २०७७, शुक्रबार ०७:५५

    हेटौंडा \  हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः श्याम प्रसाद श्रेष्ठ चयन भएका छन् । बिहीबार हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको अध्यक्षतामा बसेको बैठकले दोस्रो कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।

    प्रचलित शिक्षा ऐनले व्यवस्था गरे बमोजिम पौष २१ गते भएको विद्यालयको अभिभावक भेलाबाट ४ जना सदस्यहरु चयन भएका थिए ।अभिभावक भेलाबाट चयन भएका विजय गौतम, रामशरण दुलाल, अमुना सापकोटा, गायत्री घिमिरे र शिक्षक प्रतिनिधि विष्णुप्रसाद दुलाल, ६ नम्बर वडा सदस्य शुभद्रा तिमल्सिना, विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने र वडा अध्यक्षसहित बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

    ३ वर्षे कार्यकाल रहेको व्यवस्थापन समितिको अध्यक्ष चयन भएका श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तरलाई उकास्न सदैव प्रयत्नरत रहने बताए।विद्यालयले केही दिनभित्रै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिहरुको स्वागत तथा सम्मानको कार्यक्रमको आयोजना गर्ने विद्यालयका प्रधानाध्यापक लामिछानेले जानकारी दिएका छन्।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *