• २०७७ फाल्गुण १५, शनिबार
  • बागमती प्रदेशमा अधिकृत स्तरका कर्मचारी माग

    १२ माघ २०७७, सोमबार ११:०७

    हेटौंडा \  बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलो पटक अधिकृत स्तरका कर्मचारी पनि माग गरेको छ । यसअघि चौथो र पाँचौ तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैटौ अधिकृत स्तरका कर्मचारी माग गरेको हो । प्रदेशका बिभीन्न स्थानीय तहमा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोग हेटौंडाका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो ।

    बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगको हेटौंडा कार्यालयले छैटौ अधिकृत स्तरका एक सय ४९ जना खुल्लाबाट र २५ जना बढुवा तर्फका कर्मचारी माग गरेको उहाँले बताउनुभयो । लोकसेवा आयोगले प्रशासन तर्फका ५९ जना र बाकी सबै प्राविधिक तर्फका कर्मचारी माग गरिएको हो । प्रदेशका मन्त्रालयबाट कुनैपनि कर्मचारी यसपटक माग गरिएको छैन । आजको गोरखापत्र दैनिकमा कर्मचारी भर्ना खुलेको सूचना जारी गर्दै आयोगले स्थानीय तहबाट आवश्यक माग भएर आएका कर्मचारी माग गरिएको हो ।

    माग गरिएका कर्मचारीमा लेखा तर्फका छ जना, शिक्षामा ६ जना, तथ्याङकमा १ जना, सिभिल इन्जिनियरतर्फका १४ जना, बिल्डिङ तर्फका इन्जिनियर २ जना, वातावरण इन्जिनियर १ जना, कृषि प्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बालीसंरक्षणमा २ जना, पोल्टी डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
    माग गरिएका स्थानीय तहका कर्मचारी बिकट क्षेत्रका स्थानीय तहमा आवस्यक रहेको र करारमा राख्नका लागि समेत अभाव भएकाहरुले लोकसेवा आयोग मार्फत कर्मचारी माग गर्नेगरेका छन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *