• २०७७ फाल्गुण १५, शनिबार
  • गाउँपालिका किसानलाई क्रेडिट कार्ड

    १२ माघ २०७७, सोमबार १२:०७

    सिधाखबर \ मकवानपुरगढी गाउँपालिकाका किसानमा क्रेडिट कार्ड लागु गर्ने भएको छ । आइतबार सरोकारवालाहरु संगको छलफल पश्चात क्रेडिट कार्ड दिने आवश्यक तयारी रहेको कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए । बैंक र वित्तिय क्षेत्रका पहुँच नपुगेका किसानलाई सहुलियत दरमा कर्जा र आर्थिक कारोबार गर्न सहज हुने तरिकाले यस कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

    वित्तिय पहुँचमा पुग्न नसकेका साना किसानहरुलाई किसान क्रेडिट कार्ड मार्फत सरल र सुलभ तरिकाबाट कृषि कर्जामा पहुँच पु¥याउने उद्देश्यले किसान क्रेडिट कार्ड कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईले बताए । आर.एण्ड डि. ईनोभेटिभ सोलुशन प्रा.लिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी र कृषि अधिकृत चन्द्रकान्त चौधरीले किसान क्रेडिट कार्डको विषयमा सहजिकरण गरेका थिए ।

    गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे, पशु शाखा प्रमुख सत्यनारायण शाह, मेगा बैक लि. हेटौडा शाखाका प्रमुख माधवी बोस, गाउँपालिका विभिन्न दुग्ध उत्पादक सहकारी र साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि, कृषक संगका सरोकारवाला र कृषकहरुको सहभागिता रहेको थियो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *