• २०७७ फाल्गुण २२, शनिबार
  • मकवानपुरका २ हजार २८९ जनालाई कोरोना खोप लगाइने

    १४ माघ २०७७, बुधबार ०७:५६

    सिधाखबर \ नेपालमा आजबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु हुने भएको छ । सातै प्रदेशमा पुगी सकेको खोप आजबाट लगाउने कार्यक्रम हुने जनाइएको छ । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे संगै प्रदेशमा पुगेको खोप लगाउने कार्यक्रम सुरुवात हुनेछ । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्यले खोप लगाउने छन् ।

    बागमती प्रदेशको राजधानी हेटौंडाबाट पहिलो चरणमा ६३ हजार खोप लगाइने जनाइएको छ । जसमध्ये मकवानपुर जिल्लामा २ हजार २८९ जनालाई खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

    पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने बताइएको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *