• २०७७ फाल्गुण २२, शनिबार
  • मिस टिन हेटौंडा सिजन २ को पहिलो अडिसन सम्पन्न ! १२ जना छनौट

    २५ माघ २०७७, आईतवार १२:३४

    हेटौडामा रनिङ्गअप रहेको मिस टिन हेटौंडा सिजन २ को पहिलो अडिसन सम्पन्न भएको छ । सनिबार हेटौडामा सहभागी १७ जना प्रतियोगीहरुबाट १२ जना छनौट गरीएको निर्णायक अमिर गौतमले बताउनु भयो । मिस टिन हेटौंडा २०२१ सिजन २ लाई पल ईन्टरटेन्डमेन्ट प्रा.लिले आयोजना गरेको हो । प्रालिका अध्यक्ष धुव्र गौतमले कार्यक्रममा उल्लेख्य सहभागी रहेको बताउदै अर्को अडिसन पनि हुने बताउनु भयो ।

    १४ वर्ष देखि २२ वर्ष उमेर समुहका युवतीहरु सहभागी हुने यस प्रतियोगीताको पहिलो अडिसनमा मोडल कलाकार अमिर गौतम,पुष्पा सापकोटा,मिसटिन हेटौडा २०१० को विनर पुजा श्रेष्ठ,कोरियोग्राफर निसा गौतमले निर्णायक भुमिका निभाएका थिए । सहभागीहरुको क्षमता,पर्सानालिटी,एक्टिङ्ग,ड्रान्सको आधारमा छनौट गरीएको गौतमले बताए । प्रतियोगितामा अन्य अडिसनबाट गरी करिब ३० जना प्रतिस्पर्धीहरु सहभागी गराएर प्रतिष्प्रार्धामा लैजाने कार्यक्रम निर्देशक प्रितम मिश्रले बताए ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *