भ्यालेन्टाइन डे मा हेटौंडामा एड्रियन प्रधानको प्रस्तुती

सिधाखबर \ ख्याती प्राप्त गायक तथा संंगीतकार र एड्रियन प्रधानको म्युजिकल नाइट हुने भएको छ ।
हेटौँडा ४ स्थित नारायणी मलमा रहेको डाईन एण्ड वाइन रेस्टुरेन्टमा गायक प्रधानको म्युजिकल नाइट प्रस्तुती रहने संचालक नवराज आचार्यले बताए ।
फागुन २ गते प्रेम दिवसको अवसरमा पे्रमिल जोडीलाई संगीतमा झुमाई साङगेतिक मनोरञ्जन दिनका लागि म्युजिकल नाइट कार्यक्रम गरिन लागिएको बताए ।
प्रधानको प्रस्तुती संगै विभिन्न परिकारका खानाको स्वादमा रमाउनको लागि सिट सिमित रहेको बताए । करिब दुई सय जनाको सिट रहेको बताउदैं आचार्यले आफ्नो सिट सुरक्षित राख्न आग्रह गरेका छन् ।
प्रतिव्यक्ती एक हजार पाँच सय शुल्क लाग्ने बताए । उनले परिवारिक र साथीसाथीहरुले टेवल सुरक्षित समेत गर्न सकिने बताए ।