दुई सुमो एक आपसमा ठक्कर खादाँ ११ घाइते

हेटौंडा \ त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकिटोलमा दुई वटा सुमो एक आपसमा ठक्कर खादाँ ११ जना घाइते भएका छन।
यात्रु बोकेर हेटौंडाबाट काठमाडौं जादै गरेको प्रदेश-३ -०३-००१ज ००२९ नम्बरको सुमो र विपरित दिसाबाट आउदै गरेको ना १ ज २४६० नम्बरको सुमो ठोकिदाँ दुवै सुमोका ११ जना घाइते भएका छन।
घाइतेहरूको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। सुमो प्रहरी चौकी चौकिटोलको नियन्त्रणमा रहेको छ।