• २०७७ चैत्र २९, आइतबार
  • सामरी समवेल सुचारु, दैनिक २७ लाख पानी वितरण गरिने

    १४ फाल्गुन २०७७, शुक्रबार १०:३७

    सिधाखबर \ भीमफेदी गाउँपालिका वडा नम्बर १ सुपारेटार व्यारेकको दक्षिणभागमा निर्मित सामरी समवेल आजबाट सुचारु गरिएको छ । हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत र व्यारेकका उपरथि मध्यपृतनापति अशोकराज सिग्देल क्षेत्रीले संयुक्त रुपमा समवेलको उद्घाटन गरेका हुन्, ।

    हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्धारा निर्मित समवेल उद्घाटन पश्चात बोल्दै मेयर महतले बोर्ड र उपमहानगरको साझा र सहकार्यमा खानेपानीका विकासका कार्यक्रम गरिने बताए । बोर्ड र नगरमा खानेपानीको लागि प्रशस्त बजेट रहेकोले हेटौंडाबासीले अब गाग्रोमा पानी बोक्नुपर्ने अवस्था नआउने बताए ।

    No description available.

    बोर्डद्धारा निर्मित समवेल ८ महिनामा निर्माण सकिएको र हेटौंडा १,२ ४ र १० नम्बर वडाका करिब ८ सय घरधुरीकाले धारामा दैनिक ३ समय पानी प्रयोग गर्न सकिने बोर्डका अध्यक्ष प्रताप विष्टले बताए ।१ करोड २५ लाख मा निर्मित यस समवेलबाट दैनिक २७ लाख लिटर पानी वितरण गरिने र हाल हेटौंडामा १ करोड ५० लाख लिटर पानी वितरण भइरहेको बताए ।

    कार्यक्रममा नेपाली सेनाका महासेनानी प्रकाशराज थापा, रोशन खड्का, हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई, बोर्डका सदस्य इन्द्र नेपाल, निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल लगायतकाको उपस्थिती रहेको थियो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *