• २०७७ चैत्र २९, आइतबार
  • कुलेखानी बोर्डिङमा विद्युतीय अपराध विरुद्ध अन्तरक्रिया

    १४ फाल्गुन २०७७, शुक्रबार २०:२१

    सिधाखबर \ हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ भीमफेदी गाउँपालिकामा रहेको कुलेखानी ईग्लिस स्कुलका विद्यार्थीहरु संग साइबर विरुद्ध अर्थात विद्युतीय अपराध सम्बन्धी अन्तरक्रया कार्यक्रम भएको छ । प्रहरी मेरो साथी भन्ने भावनालाई जागरुक गर्दै इलाका प्रहरी कार्यालय भीमफेदीले शुक्रबार कार्यक्रमको आयोजना गरिएको हो ।

    समाजमा भई घटेका विभिन्न विद्युतीय अपराधको बारेमा जानकारी दिदैं भीमफेदीका प्रहरी सहायक निरीक्षक प्रेम तामाङले विद्यार्थीहरुलाई यस्तो अपराधको बारेमा ज्ञान हुनुपर्ने बताए । उनले विश्वभर विद्युतीय अपराध भइरहेको र नेपालमा पनि यस्तो अपराधहरु हुने गरेको हुनाले विद्यार्थीहरु सजक रहनुपर्ने बताए । कुनै पनि सामाजिक संजाल अन्तरगत विद्युतीय माध्यम (फेसबुक, ट्वीटर, जी–मेल, भाईबर, व्हाट् एप, इमो) जस्ता एपहरु चलाउँदा निकै ध्यान दिनुपर्ने बताए ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोष घागा मगर, शिक्षक शिक्षिका, कक्षा ६, ७ र ८ का विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले उठाएका अपराध सम्बन्धि विभिन्न प्रश्नहरु बीच अन्तरक्रिया गरीएको थियो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *