• २०७७ चैत्र २९, आइतबार
  • बकैया साहित्य महोत्सव ८ जना स्रष्टाहरुलाई सम्मान

    १६ फाल्गुन २०७७, आईतवार ०८:५४

    हेटौंडा \ झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य महोत्सव ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै शनिबार समापन भएको छ ।

    यो वर्षको होमनाथ र टीकामाया प्रतिभा सम्मान सुनसरीका अग्रज साहित्यकार प्राडा भीम उपाध्यायलाई प्रदान गरिएको छ । १५ हजार ५ सय ५५ रुपैयाँको यो पुरस्कार नुरप्रसाद गौतमले स्थापना गरेका हुन् । यस्तै, विनोद सुवेदीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको बाबुलाल–भोजमाया प्रतिभा सम्मान मकवानपुरका अग्रज कवि आरआर चौलागाईँलाई प्रदान गरिएको छ ।

    झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिएको छ। अर्पण पराजुली र दर्पण पराजुलीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिएको छ ।

    यस्तै बकैया–४ का वडा अध्यक्ष राजन दंगालले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी साहित्यकार रुकु कार्कीलाई प्रदान गरिएको छ भने तुलसी गिरीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान बकैया–४ का मनहरी लामिछानेलाई प्रदान गरिएको छ । बकैया गाउँपालिकाले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया पत्रकारिता पुरस्कार खेम बोलखेलाई प्रदान गरिएको छ भने चन्द्र कुमार राईले स्थापना गरेको २ हजार ५ सय ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–बकैया–४ की दीपशिखा घिमिरेलाई प्रदान गरिएको छ । यस्तै, स्थानीय प्रतिभाको रुपमा बासुरी बादक गोपाल घतानीलाई पनि सम्मान गरिएको छ ।

    यस्तै महोत्सव अन्तर्गत दोश्रो दिन शनिबार स्रष्टा सम्मान सहित युवा पुस्ताको रचना वाचन भएको थियो । शनिबार कविता र गजलरमुक्तकका श्रृङ्खला अन्तर्गत मकवानपुर र बाहिरका युवा साहित्यकारहरुले रचना वाचन गरेका थिए । विर्खे अन्जान, सुवास खनाल, छवि अनित्य, पुरुषोत्तम आचार्य, यश लामा, मुना अर्याल, राजकुमार लामिछाने, मिनप्रसाद लामिछाने, सविता तिमल्सिना, रुपा थापाले कविता वाचन गरेका थिए । हरि पौड्याल, धर्मराज स्याङतान, विशाल अधिकारी, सुन्दर कार्की, डिवि बर्तौला, भवानी तिमल्सिना, हिरा शाक्य र बगेकी गंगाले गजलरमुक्तक वाचन गरेका थिए ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *