• २०७७ चैत्र २९, आइतबार
  • प्रतिष्ठानद्धारा झरना साहित्यिक परिवार पुरस्कृत

    १८ फाल्गुन २०७७, मंगलवार ०७:५७

    सिधाखबर \ झरना साहित्यिक परिवार मकवानपुरलाई एक लाख रुपैयाँ रासीको पुरस्कार आज हेटौंडामा एक समारोहका विच समर्पण गरिएको छ । पोखराको हेमराज पहारी स्मृति प्रतिष्ठानले झरना साहित्यिक परिवारलाई एक लाख रुपैयाँको पुरस्कार हेटौंडामानै आएर समपर्ण गरेको हो ।

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साहित्य परिवारका अध्यक्ष दिपक गौतम लगायतलाई हस्तान्तरण गर्नुभयो । पुरस्कार हस्तान्तरण गरेपछी मुख्यमन्त्री पौडेलले साहित्य प्रति आफ्नो अत्यन्तै रुचि रहेको वताउनुभयो । साहित्यिक कार्यक्रममा बोल्न भन्दा पनि सुन्नका लागि महत्वपुर्ण हुने उहाँले वताउनुभयो ।

    सम्मानित हुने संस्थालाई बधाइ दिदै उहाँले यस्ता कार्यमा नयाँ पुस्तालाई अगाडी बढाउँदै लैजानुपर्ने वताउनुभयो । हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गित तथा नाट्य एकेडेमीकी प्राज्ञ हरि देवि कोइराला, अग्रज साहित्यकारहरु लगायतकाले आफ्ना धारणा राख्नु भएको थियो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *