सरकार र ‘विप्लव’ समूहबीच तीनबुँदे सहमति

काठमाडौं \ सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
यस्ता छन् सहमतिका तीन बुँदा
– दुवै पक्ष देशको राजनीतिक समस्या वार्ताबाट समाधान गर्न सहमत भएका छौँ ।
– नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत भएको छ ।
– नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।