• २०७७ चैत्र २९, आइतबार
  • प्रेस संगठन नेपाल मकवानपुरको जिल्ला भेला

    २२ फाल्गुन २०७७, शनिबार १८:३६

    हेटौंडा \  प्रेस संगठन नेपाल ओली समुह मकवानपुरको जिल्ला भेला शनिबार भएको छ। प्रेस संगठन मकवानपुरका संयोजक धर्मेन्द्र दाहालको सभाध्यक्षतामा भएको भेलामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा रहेको छ।

    जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान ओली सरकारले देशमा समृद्धि ल्याउने ठोकुवा गरेका छन। ओली सरकारलाई हटाई अनेक जालझेल गरेपनि कसैले हटाउन नसक्ने पनि बताए ।

    भेला कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सदस्य जुनेली श्रेष्ठ, नेकपा ओली समुह मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट,महासचिव कृष्ण सारु मगर,प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष मनोज ढोडरी, सञ्चारिका समूह बागमती प्रदेश संयोजक सरिता दाहाल, संगठन बागमती प्रदेश सह-संयोजक तथा मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल,पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई, प्रेस संगठन बागमती प्रदेश सदस्य कुमार नेगी, प्रेस युनियन मकवानपुर अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी (पोष्टराज), हेटौडा -४ का वडाध्यक्ष नविन सिग्देल लगायतकाले आफ्नो भनाइ राखेका थिए ।

     

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *