• २०७७ चैत्र २९, आइतबार
  • आँचल साहित्य कला पुञ्जद्वारा १० जना स्रष्टालाई सम्मान

    २२ फाल्गुन २०७७, शनिबार २०:३६

    हेटौंडा \ आँचल साहित्य कलापुञ्ज मकवानपुरले यसवर्ष प्रदान गर्ने सम्मान तथा पुरस्कार आज प्रदान गरेको छ । आँचलको आठौं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज हेटौंडामा आयोजना गरेको विशेष साहित्यक कार्यक्रममा स्रष्टालाई सम्मान गरिएको हो ।

    संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा रहेकी थिइन् । उनले १० जना स्रष्टालाई सम्मानपत्रसहित खादा माला र नगद प्रदान गरेर सम्मान गरेकी हुन् । कार्यक्रममा साहित्यकार तुल्सी थापा, स्नेह सायमी, सामाजिक विकास मन्त्रालयकी महिला शाखा प्रमुख चन्दा श्रेष्ठ, पुरस्कार संस्थापककोतर्फबाट हरिवंश भेटवाल, संस्थाकी संस्थापक अध्यक्ष मुना अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सम्मानित स्रष्टा र साहित्यकारले रचना वाचन गरेका थिए ।

    आँचल साहित्य कला पुञ्जले प्रदान गरेको सम्मान तथा पुरस्कारहरु

    १) बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मानः –२०७७
    समाजसेवी हरिवंश भेटवालले र उहाँकी धर्मपत्नी बिजुला भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७७ का लागि चितवन निवासी समाचालोक-कवि ज्ञानु अधिकारीलाई प्रदान गरिएको । उनलाई सम्मानपत्रसहित रु १०००१ राशी पनि प्रदान गरिएको थियो । १ लाख २५ हजारको अक्षयकोष स्थापना गरेर सुरुवातगरिएको यो सम्मान २०७४ सालमा स्थापनाभएको हो । साहित्यमाकलमचलाउने नारी साहित्यकारलाई मात्रदिइने यो सम्मानबाट २०७४ माकविप्रतिमापाठक, २०७५ मा साहित्यकाररुकु कार्की, २०७६ मा साहित्यकार डा विन्दु शर्मालाई प्रदानगरिएको थियो । यो सम्मान आँचलमा संस्थामा स्थापना भएको अक्षयकोषसहितको पहिलो सम्मान हो ।

    २) प्रतिभा धिताल छन्द पुरस्कार–२०७७
    आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापकअध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–२०७७ नवलपरासी निवासी कृष्णदेवि शर्मालाई प्रदान गरिएको । शर्मालाई रु १०,००१ राशीको सहित सम्मानपत्र प्रदान गरिएको थियो । रु एक लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्षमा छन्दमा कलम चलाउने नारी साहित्यकार प्रदान गरिने यो पुरस्कार २०७५ सालमा स्थापना भएको हो । यो पुरस्कारबाट साहित्यकार बुनु लामिछाने र प्रभाभट्टराई सम्मानित भईसकेका छन् ।

    ३)  ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०७७
    आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गिय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबा/ बुबाको नाममा स्थापना गरेको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान–२०७७ मकवानपुरे पत्रकारितामा लामो समयदेखि क्रियाशिल कान्तिपुरकर्मी प्रताप विष्टलाई प्रदान गरिएको । विष्टलाई नगद ७५००/– सहित सम्मानपत्रले सम्मानित गरिएको हो । रु एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाई यो सम्मान दिइदै आएको छ । २०७५ सालमा स्थापनाभएको यो सम्मानबाट अग्रज पत्रकार कौशल पाण्डे, नवराज शर्मा सम्मानित भइसकेका छन् ।

    ४) टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७७
    साहित्यकार रुकु कार्कीलगायत उनको बहिनीहरु प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले आफ्ना स्वर्गिय पिता तथा माताद्धयको नाममा स्थापना गरेको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७७ मकवानपुरे साहित्यकार निमेष निखिललाई प्रदान गरिएको छ । निखिललाई ११,१११ राशीसहित सम्मानपत्रले सम्मानित गरिएको थियो । १ लाख ५० हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । यो सम्मानबाट कवि ललिता दोषी सम्मानित भइसकेकी छिन् ।

    ५) अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७७
    आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५ सम्मअध्यक्षको कार्यभार सम्हाल्नु भएकी स्वर्गिय अप्सरा तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना गरेको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७७ काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी मालीलाई प्रदान गरिएको छ । उनलाई नगद १५,००१ /–राशीसहित सम्मानपत्रले सम्मानित गरिएको थियो । एक लाख ९० हजार रुपैयाँकोअक्षयकोषको प्राप्त व्याजबाट प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने व्यक्तिहरुलाई यो सम्मान प्रदान गरिदै आएको छ । यो सम्मानबाट मकवानपुरे साहित्यकार आरसी रिजाल सम्मानित भइसकेका छन् ।

    ६) मंगलादेवि श्रेष्ठ बालप्रतिभा पुरस्कार सम्मान–२०७७
    शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेको मंगलादेवि श्रेष्ठ बाल प्रतिभा पुरस्कार–२०७७ बाट अमर माविमाअध्ययनरत् प्रज्वल ढुंगाना सम्मानित भएका छन् । उनलाई नगद ३५००/– सहित सम्मानपत्रबाट सम्मानित गरिएको हो । यो सम्मान २०७६ सालबाट प्रदान गरिएको हो ।

    ७) वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान–२०७७
    साहित्यकार डा. गणेशकुमार पौडेललेआफ्ना पिता खड्ग पौडेलको स्मृतिमा स्थापना गरेको वनस्खण्डी खड्ग प्रतिभा पौडेल सम्मान–२०७७ मकवानपुरे साहित्यकार रामचन्द्र आचार्य (फूर्सती) लाई प्रदान गरिएको छ । उनलाई नगद ५,००१/– राशीसहित सम्मानपत्रले सम्मान गरिएको हो । यो सम्मान यसवर्षबाट प्रदान गर्न लागिएको हो ।

    ८) मुक्ति–तारा नवप्रतिभा सम्मान–२०७७

    साहित्यसेवी मुक्ति गोविन्द वैद्य तथा उकी धर्मपत्नी तारा वैद्यले स्थापना गरेको मुक्ति–तारा नवप्रतिभा सम्मान–२०७७ मकवानपुरे नवप्रतिभा प्रसिद्धिका लम्साललाई प्रदान गरिएको छ । उनलाई नगद ५००१ सहित सम्मानपत्रबाट सम्मनित गरिएको हो । यो सम्मान यसैवर्षबाट प्रदान गर्न थालिएको छ ।

    ९) सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान–२०७७

    साहित्यसेवी चन्द्रकिरण श्रेष्ठले तथा उनकी धर्मपत्नी मेनुका श्रेष्ठले स्थापना गरेको युवाप्रतिभा सम्मान–२०७७ मकवानपुरे साहित्यकार सुवास खनाललाई प्रदान गरिएको छ । नगद १०,००० राशीसहित सम्मानपत्रले उनलाई सम्मानित गरिएको हो । । युवा व्यक्तिवहरु लाई मात्रै यो सम्मान प्रदानगरिने छ ।

    १०) आँचल सम्मान–२०७७

    आँचल साहित्य कला पुञ्ज मकवानपुरले हरेक वर्ष प्रदानगर्दै आएको आँचल सम्मानबाट यस वर्ष कलाको क्षेत्रमा विगत लामो समय देखि आफ्नो प्रतिभा देखाउदै आएका कलाकार चित्रकार सूर्य सन्यासीलाई सम्मानित गरिएको छ । उनलाई नगद ५००० राशीसहित सम्मानपत्रले सम्मानित गरिएको हो ।

    -वाइलाइन नेपाल डटकमबाट

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *