पहिलेका गितहरुको शब्द टिपिकल हुन्थे -गायिका संगीता प्रधान

९ श्रावण २०७४, सोमबार १७:४२

सिधाखबर   त्यतीबेला संगितमा डिप्लोमा गर्ने मानिस कमै थिए । काठमान्डौ आएपछि ललितकला क्याम्पसमा अध्यापन गराउनेको खाचो देखियो । आफुलाई पनि सरकारी जागिर भनेपछि चाहा बढयो बि स २०४५ तिर मैले त्यही अध्यापन शुरु गरे । उनी चर्चीत र स्वरकी धनी गायिका संगीता प्रधानसंगको कुराकानी
 उ बेला छोरीेलाई खासै कार्यक्रम्मा भाग लिन दिदैनथे तपाइले र्चै गायिका बन्ने अबसर कसरी  पाउनु भयो  ? 
– राम्रो त मानिदैन थियो मेरी आमालाई संगित एकदम पन पर्ने थियो । आफुलाई मन पर्ने कुरा छोरी मार्फत गराउने उहाको ईच्छा रहेछ त्यही भएर मलाई छ बर्षको उमेर देखीे संगित कक्षामा भर्ना गराई दिनु भएको थियो । मैले भारतको बिश्व भारती युनीर्भर्सीटीबाट संगीतमा डिप्लोमा पास गरेको छु । 
 पहिलो पटक चलचित्रमा गित गाउन पाउदाको खुसी कस्तो रहयो ? 
 संगित पढीसकेपछि मेरो गायनप्रति ठुलो लगाब र उर्जा थियो । स्व गोपाल योञ्जन  दाईले भुमरी चलचित्रमा गित गाउन मलाई छान्नु भयो । चलचित्रमा गाउने भनेपछि म मा खुसीको सिमानै रहेन । त्यसपछि अरु अफरहरु आउन थाल्यो ।
 भुमरीमा कस्तो गित गाउन अफर आ को थियो  ? 
 मलाई दुई किसिमको गित गाउने मौका थियो । एउटा चै मिथिल्ला शर्माले ढुगामा बसेर ब्यथा बोल्ने खाले थियो भने अर्को चै कल्बमा गाउने गित थियो मैले दुईवटा गित नै गाए ।
तपाईले गाएको गित रेडियोमा बज्दा गाउमा साथीहरुले आफन्तहरुले पत्ताए त  ? 
 पत्ताएनन नि त्यतीबेला भारतीय गायक गायिकाहरुले नेपाली गितहरु गउथे त्यो भएर तैले गाएको हो र पनि भनियो पछि ल राम्रो छ भनेर तारिफ गरीयो । 
 आमाको सपना पुरा गरेपछि आफुमा चै कत्तिको खुसी महशुष भयो ? 
 मेरो बिचारमा मेरो आमाको पनि गायिका बन्ने ईच्छा रहेछ परिस्थीतीले दिएन । त्यही भएर मलाई यो क्षेत्रमा लगाउनु भयो उहाको चाहाना पनि पुरा गरे । बाबु आमाको सपना पुरा गर्नु एउटी छोरीको कर्तब्य पनि हो । यो जति ठुलो खुसी म मा अरु केही रहेन । 
 कुन कुन चलचित्रमा गित गाईयो सम्झना छ त  ? 
 सबै त छैन, मैले रेकड पनि राख्न सकिन । भुमरी पछि राको,सिमारेखा,चादनी,मालती,अजम्बरी नाता,एक नम्बरको पाखे,बन्धकी लगाएतका धेरै चलचित्रमा गाए मैले पछिल्लो चलचित्र फागुमा पनि गाएको छु । कलेक्सन एलबमहरुमा पनि धेरै गाएको छु ।
तपाईले पढाएर चर्चा पाएका चेलाहरु ? 
 मेरो बिचारमा धेरै छन । शिब परियार अहिले चलनचल्तीको गायक,रामचन्द्र काफले,माण्डबी त्रिपाठी,मदन गोपाल,सिन्धु मल्ल,बिश्व नेपाली,चेतन सापकोटा सबै मेरा चेलाहरु ह्न । धेरै छन कत्तिको त नाम पनि छुटछ सबैले प्रगती गरेका छन चर्चामा छन । 
गित गाएर पाएको पहिलो पारिश्रमीक कत्ति थियो ? 
 पहिलो कमाई नै भुमरी चलचित्रको हो दुई वटा गित गाए बापत चेतन दाईले सात हजार आईसी दिनु भएको थियो । त्यो पैसा सबै ममिलाई दिए । 
 पुराना कुराहरुमा केही पश्चताप ? 
 मलाई बुबा ममिले राती अबेर सम्म हार्मोनियममा गित गाउन लगाएर सुनेर बस्नु हुनथियो तर मलाई जागर लाग्दैन थियो अहिले त्यो समझदा केही पश्चताप लाग्छ तयो समय फेरी आए नि हुनेथियो जस्तो लाग्छ ।
 कस्ता चलचित्रहरु तपाईलाई मन पर्छ  ? 
 म अलि एतिहासिक चलचित्र मन पराउछु । प्रेमपिण्ड,सिमारेखा जस्ता चलचित्रहरु मन परेका चलचित्र हुन ।
 तपाईलाई मन पर्ने नायक नायिकाहरु ? 
 नेपालमा त्यती सारो मन खाने नायक मैले पाईन तर पनि मलाई शिब श्रेष्ठ मन पर्छ हरिबशं र मदनकृष्ण दाईहरु मन पर्छ  नायिकाहरुमा मिथिल्ला शर्मा,गौरी मल्ल मलाई मन पर्छ ।  
  अहिलेको सिनेमा क्षेत्र कस्तो लाग्छ ? 
 पहिले पहिले टिपिकल नेपाली चलचित्र बन्थे आजभोली बिशेषगरी पश्मिकरणका चलचित्र शैली आएका छन । हाम्रो संस्कृती लोप भएको हो की जस्तो लागेको छ । 
अहिलेको नायिकाहरुको पहिरन,श्रंगार प्रति तपाई के भन्नुहुन्छ ? 
 हैन कथाले मागे अनुसार सिनेमामा हुनुपर्छ जस्तो लाग्छ । समय बदलेको छ समय अनुसार हिडनु स्वभाबिक पनि हो खासै नराम्रो जस्तो लाग्दैन ।  
 कतिको खर्चीलो हुनुहुन्छ ? 
 पहिला पहिला त खासै म खर्च गर्दैनथे अहिले चै खर्चीलो भा छु । चाहिने ठाउमा खर्च गर्नै परो । 
 छोराले बाबुआमाको  बिडो थाम्ला के लाग्छ ? 
 बिडो थामिसकयो राम्रो गित गाउछ गित संगित सगै बाबाको बिडो निर्देशनतिर पनि जाने सोच गर्दैछ जे होस उसले हाम्रो बिडोको आर्कषण गरेको छ ।
पहिलेका गितका शब्दहरु र अहिलेका गितका शब्दहरुमा तपाईको भनाई  ? 
 पहिलेका गितहरुको शब्द टिपिकल हुन्थे एकै पटकमा मुखमा झुन्डिनथियो तर अहिलेका शब्दहरु अलि फरक छन हाम्रौ मौलिकता सग नजिक नभएको जस्तो लाग्छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*