प्रेत आत्माले मोक्ष पाउन् भन्नको लागी सबालाख शिबलिङ्ग निर्माण : दिपज्योति शास्त्रि

२८ मंसिर २०७४, बिहीबार १७:३७

सिधाखबर गत २६ गते देखी हेटौडाको कुष्माण्ड सरोबर त्रिबेणीधाममा शबालाख शिबलिङ्ग निर्माण तथा महायज्ञ कार्यक्रम भैरहेको छ । यसै बिषयसंग केन्द्रित रही संयोजक तथा कथावाचक गुरु श्री दिपज्योति शास्त्रिसंग पत्रकार श्रृजना नेपालले गरेको कुराकानी

  यहाहरुले सबालाख शिवलिङग बनाउनुको तात्पर्य के हो? 
– धर्मको रक्षा गर्यो भने धर्मले हाम्रो रक्षा गर्छ । किनकी समाजमा अहिले अनेक प्रकारका अनितिहरु भईरहेका छन् । त्यसैले सबै प्राणीले भगवानको धाम प्राप्त गरुन् ,सबैको मनोकामना पुरा होस् , समाजमा शान्ति सद्भाव छाओस् र सबै अज्ञात प्रेत आत्माले मोक्ष पाउन् भन्नको लागी यो सबालाख शिबलिङ्ग निर्माण तथा महायज्ञ आयोजना गरिएको हो ।

यो महायज्ञ कति दिनसम्म चल्छ ?
– मङ्सिर २६ गतेदेखी शुरु भएको यो महायज्ञ २१ दिनको हो । पौष महिनाको १६ गतेसम्म यो महायज्ञ सञ्चालन हुन्छ ।

 सबालाख शिवलिङ्ग निर्माण गरेर त्यसलाई समाधी गर्ने कुरा छ, शिबलिङग निर्माण र समाधीको बारेमा थप प्रष्टाई दिनुन ? 
– शुरुमा त शिवलिङ्ग भनेको के हो यसको अर्थ थाहा पाउनु पर्दछ  । शिबलिङ्ग भनेको एउटा स्परुप हो । हाम्रो शरिर पनि एउटा शिबलिङ्गको समान हो , हाम्रो शरिर पनि माटोद्वारा नै निर्मित हुन्छ । त्यसैले एक शिबलिङ्ग बनाएर बिसर्जन गर्नाले हाम्रो एक लाख जन्म सुर्धन्छ । हाम्रो ८४ लाख योनि छ, त्यसकारण हरेक व्यक्तिले ८४ वटा शिबलिङ्ग बनाएर ,आफ्नो ८४ लाख योनिलाई मुक्त गर्नुहुन्छ भन्ने यसको ध्येय हो । शिबलिङ्ग निर्माण गरि संकल्प गर्दा हामी हाम्रो सबै कर्मबाट स्वच्छ हुन्छौ ।

भक्तजनहरुले महाशिवलिङ्ग निर्माण गर्न कस्तो प्रबन्ध मिलाईएको छ? 
– यो सम्पुर्ण भत्तलजनहरुको लागी आयोजित सार्वजनिक कार्य हो । यहा हामीले एक करोड पचास लाखको खर्चमा यो कार्य शुरु गरेका छौ । भक्तजनहरुलाई हामीले यथासक्य रुपमा शिवङ्गि निर्माण गर्दा बस्ने पण्डालको व्यवस्था, माटोको व्यवस्था गरिएको छ । भक्तजनहरुले आफ्नो स्वईच्छाले जति पनि सहयोग गर्न सक्छन्  ।

भक्तजनहरुले आफै शिबलिङ्ग बनाएर बिसर्जन गर्ने हो या तपाईहरु आफैले गर्नुहुन्छ ? 
– यो सार्वभौम कर्म हो । सबै प्राणीले गर्नै पर्ने, विशेषगरि मनुष्यले त गर्नै पर्छ । त्यसैले सम्पुर्ण भक्तजनहरु स्वयमले नै बनाउनु पर्ने हुन्छ ।

यो शिबलिङ्ग निर्माण तथा महायज्ञ सञ्चालनको लागी आवश्यक खर्चको लागी कुनै स्रोतसम्म पुग्नु भएको छ ? 
– अहिलेको अवस्थामा आर्थिक स्रोत कहि कतैबाट आएको छैन । यो महायज्ञ समापन गर्न आर्थिक रुपमा हामीलाई सम्पुर्ण समाजको आवश्यकता छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*