बागमती प्रदेश

केन्द्रमा भागवण्डा नगर्दाः प्रदेशमा ‘पर्ख र हेर’

हेटौंडा \ असार २९ गते नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । सरकार गठन भएको ३ महिना लागिसक्दा पनि हालसम्म सरकार पूर्णरुपमा गठन हुन सकेको छैन । बिभिन्न गठबन्धनका पार्टीका सांसद्हरुलाई भागबण्डा पु¥याउनका लागि देउवा सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । त्यसको असर बागमती प्रदेशमा देखिएको छ । यहाँका […]

बागमती प्रदेशमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संंख्या १८ लाख ७० हजार

बागमती प्रदेशमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संंख्या १८ लाख ७० हजार ७ सय पुगेको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्क अनुसार हालसम्म खोप लगाउन सकिने जनसंख्याको ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएका हुन् । बागमतीमा तीन लाख ४७ हजार १ सय १ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २ सय ४ ले भेरोसेल तथा […]

प्रदेशको स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य समूहकै सचिव हुने

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहकै सचिव बनाइने भएको छ । संशोधित दरबन्दी सूचीमा स्वास्थ्य समूहकै सचिव राखिने उल्लेख गरिएको छ । प्रशासन समूहमा एघारौं तहकै सचिव हुनुपर्ने व्यवस्था दरबन्दी सूचीमा उल्लेख गरेपछि सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले चर्को विरोध गरेका थिए । नयाँ दरबन्दी सूचीमा बागमती प्रदेशमा उपसचिवमा भने नवौँ र […]

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि गठबन्धनको गृहकार्य सुरु

हेटौंडा \  बागमती सरकार परिवर्तनको लागि विपक्षी गठबन्धनले गृहकार्य सुरु गरेको छ । बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत पार्टीले प्रवेश पाएसँगै केन्द्रीय तहमा बनेको गठबन्धनले प्रदेशमा पनि सरकार परिवर्तनका लागि रणनीति बनाउन सुरु गरेको हो । नेकपा एमालेको विभाजनपछि १३ जना सांसदले एमाले पार्टी त्यागेर नेकपा एकीकृत समाजवादीमा गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएपछि गठबन्धनले […]

नेकपा एसको संसदीय दलको उपनेता खनाल, प्रमुख सचेतकमा सिग्देल चयन

सिधाखबर  \ नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको सोमबार बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य कृष्ण प्रसाद खनाललाई चयन गरेको छ । संसदीय दलको कार्यालय हेटौंडामा बसेको बैठकले खनाललाई दलको उपनेतामा चयन गरेको हो । आइतबार बसेको बैठकले दलको नेताका रूपमा राजेन्द्र प्रसाद पाण्डेलाई चयन गरेको थियो । बैठकले दलको प्रमुख सचेतकमा मुनु सिग्देल […]

नेकपा एसको संसदीय दलको नेतामा पाण्डे, मुख्यमन्त्री शाक्य बनिन् अल्पमतमा

सिधाखबर  \  नेकपा एकीकृत समाजवादी (एस)ले बागमती प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ। नेकपा (एस)को संसदीय दलको नेतामा राजेन्द्र प्रसाद पाण्डे चयन भएका छन्। नेकपा एस केन्द्रीय सदस्य समेत रहेका पाण्डे आज बागमती प्रदेश सभा परिसरमा बसेको पहिलो बैठकले बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको हो। निर्वाचन आयोगले प्रदेश सभा सचिवालयलाई पार्टीको विषयको […]

स्वास्थ्य मन्त्रालयलाई एक करोडको स्वास्थ्य सामाग्री सहयोग

सिधाखबर  \ प्रतिमाननिमा स्मृति प्रतिठानले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई एक करोड मुल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । कोरोना महामारी मात्र नभई अन्य स्वास्थ्य सेवाको बेलामा प्रयोग हुनेगरी मन्त्रालयलाई विहीबार सामाग्री सहयोग गरिएको हो । २००७ सालका प्रजातान्त्रिक योद्धा प्रतिमानचन्द बोहराको नाममा उनका छोरा दीपक बोहराले स्थापना गरेको प्रतिमान निमा स्मृति प्रतिष्ठानले प्रदेशका […]

सामाजिक विकास मन्त्री खनालद्धारा राजिनामा

सिधाखबर \ बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । नवगठित नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका खनालले आज बिहान पदबाट राजीनामा दिएका हुन् । मन्त्री खनालले मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका थिए । निवर्तमान   मुख्यमन्त्री डोरमणी पौडेललाई हटाएर एमाले नेतृ अष्टलक्ष्मी […]

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

काठमाडौं \  बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए । तर दल विभाजन भएपछि नेकपा एमालेका १२ […]

बागमतीका १२ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा बागमती प्रदेशका १२ सांसदले सनाखत गरेका छन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालनिकट अष्टलक्ष्मी शाक्यलाई बागमतीको मुख्यमन्त्री पदका लागि अघि सारेका थिए । शाक्य मुख्यमन्त्री बन्दा नेपालनिकट सांसद एमालेमै बस्ने आँकलन विपरीत मंगलबार १२ सांसद एकीकृत समाजवादीमा खुलेका हुन् । प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित […]

बागमती प्रदेशमा ४ वटा कार्यालय थपिने

सिधाखबर  \ बागमती प्रदेश सरकारले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत थप ४ वटा कार्यालयहरु थप गर्ने निर्णय गरेको छ । नागरिकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रदेश सरकारले ४ वटा कार्यालयहरु थप गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले वन मन्त्रालय अन्तर्गतको ३ वटा भू तथा जलाधार संरक्षण कार्यालय र पर्यटन […]

चितवनमा प्रदेशस्तरीय पशुपंक्षी अस्पताल बनाउने प्रस्ताव

पशुपंक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको यस जिल्लामा प्रदेशस्तरीय पशुपंक्षीको अस्पताल बनाउनका लागि प्रस्ताव गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ । वार्षिक रु दुई करोड बजेट विनियोजना गर्ने गरी अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको कार्यालय प्रमुख डा दयाराम चापागाईँले जानकारी […]

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

सिधाखबर खबरबाकस \ बागमती प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ । शुक्रबार बिहान ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेको हो । बैठकले शुक्रबार राति १२ बजेबाट प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यो बैठक मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको […]

आफू पार्टी एकताको पक्षमा रहेको :मुख्यमन्त्री शाक्य

काठमाडौं \  बागमती प्रदेश नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताउनु भएको छ । शाक्यले नेकपा एमालेलाई विभाजन गराउने शक्ति एकजुट भएर लागेको भन्दै प्रतिवाद गर्न आह्वान समेत  गर्नुभयो । एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले यस्तो बताउनु भएको हो ।पार्टी एकता […]

प्रदेश प्रमुखहरु परिवर्तन गरिने प्रवृत्ति ठिक होइन: प्रसाई

बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेहरूले नै अहिले एमाले फुटाएको दावी गरेका छन् । शेरबहादुर देउवाले ल्याएको पार्टी विभाजन गर्ने अध्यादेश कुनै हालतमा ठीक नभएको उनको भनाइ छ । सरकारले प्रदेश प्रमुखबाट हटाएको दुई दिनपछि पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले पार्टी फुटाउने अध्यादेश ओलीले ल्याउँदा बेठिक, […]

ओली समूहलाई सरप्राइज दिँदै मुख्यमन्त्री अष्टलक्ष्मी एमालेको ‘तेस्रो धारमा’

लामो समयदेखि एमालेको माधव नेपाल समुहमा रहेर अध्यक्ष केपी ओलीको चर्को विरोध गर्दै आएकी अष्टलक्ष्मी शाक्य बुधबार अचानक वाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् । ओली समूहमा प्रवेश गरेर उनी मुख्यमन्त्री बनेको धेरैले चर्चा गरे । यसअघि ओलीसँगको संघर्षका क्रममा अग्रभागमा भुमिका निर्वाह गरेकी शाक्य एकाएक ओली पक्षबाट मुख्यमन्त्री बनेको भन्दै धेरैले उनको राजनीतिक नैतिकताबारे प्रश्नसमेत उठाए […]

वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार राजीनामा दिएपछि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा चयन हुनु भएको छ । मुख्यमन्त्री शाक्यले बुधबारनै पद तथा गोपनियताको सफथ लिनु भएको छ । बुधबार राती साढे आठ बजे प्रदेश प्रमुखको कार्यलयमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नबनियुक्त मुख्यमन्त्री शाक्यलाई शपथ ग्रहण गराउनु भएको […]

हेटौंडामा बागमती प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन्

सिधाखबर  \ बागमती प्रदेश युवा परिषद्को कार्यालयको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडा ४ मित्रनगरमा बागमती प्रदेश युवा परिषद्को कार्यालयको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश युवा परिषद्ले युवाको हितका काम गर्ने र युवाको चौतर्फी विकास गर्ने खालका कार्यक्रम ल्याउन पनि सुझाव दिनुभएको […]

बागमती प्रदेशको प्रमुख सचिवमा शर्मा

हेटौंडा \  संघीय सरकारले बागमती प्रदेश सरकारको प्रमुख सचिवमा किरणराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनुभएका शर्मालाई सोमबारको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्दप्रसाद पौड्याल उमेर हकका कारण अनिवार्य अवकाश हुनुभएपछि शर्मालाई प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको […]