अन्तर्राष्ट्रिय

अफगानिस्तानका प्रमुख तीन शहर कब्जा गर्ने तालिबानको प्रयास, भिडन्त जारी

काठमाडौं \ अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ । अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो । आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमण तीव्र बनाएको छ । तालिबानले ग्रामिण […]

विश्वमा एकै दिन थपिए साढे ६ लाख कोरोना संक्रमित

विश्वभर कोरोना संक्रमण उकालो लाग्दै गएको छ। गत २४ घण्टामा साढे ६ लाख मानिसमा नयाँ संक्रमण पुष्टि भएको छ। जसमध्ये अमेरिकामा ८५ हजार, भारतमा ४४ हजार ७००, ब्राजिलमा ४१ हजार ८००, वेलायतमा ३१ हजार १००, फ्रान्समा २५ हजार २००, रसियामा २३ हजार ३००, टर्कीमा २२ हजार १०० र अर्जेन्टिनामा १४ हजार १०० जनामा संक्रमण पुष्टि […]

भारतमा रेल र बस ठोक्किंदा १८ जनाको मृत्यु

काठमाडौं \ भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको थियो । काठमाडौं । […]

बेलायतमा सम्पन्न ‘गोर्खाकप’ को उपाधि ‘एलजी लायन्स’ क्लबलाई

बेलायतवासी नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो खेल इभेन्ट ‘गोर्खाकप’ को १९ औं संस्करण कोरोना महामारीकैबीच आइतबार सम्पन्न भएको छ  ।  तमुधिं यूकेद्वारा आयोजना गरिने उक्त इभेन्ट सन् २००३ बाट लगातार हुँदै आएपनि गतवर्ष भने कोरोनाका कारण स्थगित भएको थियो । कोरोना महामारीका कारण करिब डेढ वर्षदेखि सामाजिक गतिविधिबाट बन्चित भएका नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको […]

असाम र मिजोरम राज्यको सीमामा भएको झडपमा ६ प्रहरी जवानको मृत्यु

एजेन्सी  \ भारतको असाम र मिजोरम राज्यको सीमा क्षेत्रमा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा असाम राज्यका प्रहरी छन्। असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गरेका छन्। मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्‚ ‘मलाई ठूलो चोट लागेको छ। […]

अफगानिस्तानका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु

काठमाडौं \  अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातिको समयमा कर्फ्यु आदेश जारी गरिएकोे अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । मे महिनाको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ […]

इराकमा ६ महिनापछिको भयानक बम बिस्फोट : कम्तीमा २५ को मृत्यु, आइएसले लियो जिम्मेवारी

इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु धेरैजसो बजारमा इदको किनमेल गर्न गएका थिए । यो बगदादमा पछिल्लो ६ महिनामा भएको सबैभन्दा भयानक बम बिस्फोट हो । व्यस्त अल–वुहालियत बजारमा यो बिस्फोट एक डिभाइसमार्फत् […]

कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघ्यो

काठमाण्डाै \  कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख २१ हजारभन्दा धेरैको ज्यान गएको छ भने ब्राजिलमा पाँच लाख २८ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। यस्तै भारतमा चार लाख ५ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । विश्वमा अहिले २८ करोड ५८ लाख ५७ […]

बेलायतमा एकैदिन १६ हजार बढीमा संक्रमण पुष्टि

लन्डन \  बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेब्रुअरी ६ तारिख पछिकै उच्च हो । फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण […]

भारतका धावक मिल्खा सिंहको निधन

भारतका धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि उपचारमा रहेका उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ९१ वर्षका उनको चण्डीगढ अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई गएको मे २० तारिखमा कोरोनाको सङ्क्रमण भएको थियो । जुन ३ तारिखमा अस्पताल भर्ना भएका उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको […]

भारतमा भेटियो डेल्टा भेरियन्टको म्युटेसन

काठमाडौं \ भारतमा कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी‍‍.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा भेटिएको थियो । मंगलबार कोभिड–१९ खोप अभियानको विषयमा बनाइएको विशेषज्ञ समूहका प्रमुख भीके पालले भने, ‘कोरोना भेरियन्टको नयाँ म्युटेसन देखिएको छ । तर, अहिले नै […]

बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम, एक हप्तामा सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो

काठमाण्डाै \ बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड-१९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ । प्राध्यापक गुप्ताका अनुसार सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका र तिनै सानोबाट नै धेरैमा फैलिन […]

चीनमा पहिलो पटक मानिसमा देखियो बर्डफ्लुको ‘एच१०एन३’ भेरियन्ट

काठमाडौं \ चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा उल्लेख गरिए अनुसार […]

बेलायती प्रधानमन्त्रीले गरे सुटुक्क विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन्। ५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग वेष्टमिनिस्टर क्याथेड्रलमा  गोप्य समारोहकाबीच विवाह गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री जोनसनको विवाहमा निकटका केही साथी  र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको जनाइएको छ।  बेलायती प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिटका सचिव थेरिस कोफीले बधाई प्रधानमन्त्रीलाई वैवाहिक जीवनको […]

बेलायतको चौथो खोपको रुपमा ‘जेनसेन’ ले पायो मान्यता

फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ । बेलायतमा मान्यता प्राप्त गर्ने कोरोनाविरुद्धको खोपमध्ये यो चौथो खोप बनेको छ । यसअघि फाइजर, एस्ट्राजेनेका र मोडेर्नाले बेलायतमा प्रयोगका लागि अनुमति पाइसकेका छन् । बेलायतले ‘जेनसेन’ को २० मिलियन डोज […]

भारतमा फेरि बढ्दै संक्रमित, ३ हजार ८४१ जनाको मृत्यु

एजेन्सी भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला […]

दिल्लीमा एक साता थपियो लकडाउन

काठमाडौं \ भारतको दिल्लीमा जारी लकडाउन एक साताका लागि थप गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् । यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको भएपनि केजरीवालले आइतबार एक साताका लागि लकडाउन थप भएको घोषणा गरेका हुन् । केजरीवालले भने, ‘दिल्लीमा अवस्थामा सुधार भइरहेको छ । कोरोना भाइरस […]

बेलायतमा कोरोनाबाट थप ११ को मृत्यु, दुई हजार बढी संक्रमित

लन्डन \  बेलायतमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६४० पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार २८४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको […]

काबुलको स्कुल बाहिर विष्फोट, ३० जनाको मृत्यु

काठमाडौं \  अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ । अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । शनिबार काबुलको […]

मालदिभ्समा विष्फोट: पूर्वराष्ट्रपति घाइते

काठमाडौं \  मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् । बहालवाला सभामुखसमेत रहेका उनको एक अस्पतालमा उपचार भइरहेको छ । मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ । राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको घर बाहिर […]