चलचित्र/मनोरञ्जन

फिल्म निर्देशक लामिछानेलाई कोरोना संक्रमण

फिल्म निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएका छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् । कोरोना पोजेटिभ भएको यो समय आफ्ना लागि जीवनको कठिन र पीडादायी समय भएको उनले बताएका छन् । लामिछानेले लेखेका छन् ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय । सरिता पछि म र आज छोरीलाई पोजेटिभ देखियो […]

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ बिहीबारदेखि सुरु

काठमाडौँ \ चौंथो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । कोरोनाको कारण भर्चुअल रुपमा आयोजना भएको महोत्सवमा बिहिबार बलिउड निर्देशक अनुराग कश्यपले फिल्म निर्माणको बिषयमा आफ्ना अनुभव बाँडेका थिए । विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ आयोजना भएको महोत्सवको उद्घाटन सत्रमा फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधिको फेस्टिभललाई शुभकामना समेत दिएका थिए । […]

अध्यक्ष गौतमलाई बधाई ज्ञापन, कार्यबहाक अध्यक्षमा खड्का

हेटौँडा \ चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले सोमबार विशेष बैठक बसी नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा अध्यक्ष पदमा निर्वाचित मणिराज गौतमलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । संघका अध्यक्ष रहेका गौतम महासंघको ११ औं अधिवेशन बाट अध्यक्षमा चैत्र २५ गते निर्वाचित भएका थिए । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका संस्थापक सचिव रहेका गौतम […]

कल्याणकारी कोषलाई चलचित्र ‘श्री’को सहयोग

काठमाडौंँ \  चलचित्र पत्रकार संघले शुरु गरेको कल्याणकारी कोषका लागि प्रदर्शनरत चलचित्र ‘श्री’ २५ हजार सहयोग गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सो सहयोग हस्तान्तरण गरेको हो । चलचित्रकी निर्माता सबिता गुरुङले सहयोग रकम पत्रकार संघका अध्यक्ष दीनेश सिटौलालाई प्रदान गरिन् । कार्यक्रममा चलचित्र ‘श्री’ शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको समेत […]

सकियो वर्षाको ‘ए साथी सुन’

राघव आचार्य निर्देशित चलचित्र ‘ए साथी सुन’को छायाँकन सकिएको छ । महाशिवरात्रिको दिन ललितपुरको खोकनाबाट सुरु भएको चलचित्र बुधबार सकिएको हो । गीत बाहेक चलचित्रको छायाँकन १६ दिनमा सकिएको हो । अभिनेत्री वर्षा शिवाकोटीले हेटौंडामा आजदेखि उक्त चलचित्रको छायांकन पुरा भएको फेसबुकमार्फत जानकारी गराएकी छिन् । इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बिना कार्कीको निर्माण रहेको चलचित्रमा […]

मिसेज तामाङ मकवानपुरको आवेदन खुला

सिधाखबर \ हेटौंडामा मिसेज तामाङ मकवानपुर हुने भएको छ । प्रथम मिसेज तामाङ मकवानपुर कार्यक्रम बारे जानकारी दिदैं प्रतिस्पर्धाको लागि आवेदन खुला भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जनाइएको छ । ओपेरा इन्फोटेन्मेण्ट क्रियशन प्रा.लिको आयोजनामा हुने प्रतियोगितामा तामाङ समुदायका विवाहित तथा एकल महिला जो २० वर्ष माथि ४५ वर्ष ननाघेको महिलाले सहभागिता जनाउन सकिने प्रा.लिका […]

मिस टिन हेटौंडा जितिन् अमृताले

सिधाखबर \ शनिबार साँझ हेटौंडामा सम्पन्न मिस टिन हेटौंडा २०२१ (सिजन २) को ताज अमृता शाह ठकुरीले जितेकीछिन् । ग्राण्ड फिनायलमा १५ प्रतिस्पर्धीलाई उछिन्दै ताज भिरेकी हुन् । प्रतियोगिताको फस्ट रनरफ श्रुति केसी भइन् भने सेकेन्ड रनरफ आश्मा ढकाल भइन् । विजेताले ७० हजार नगद सहित ५१ इन्चको क्यामेरो ब्राण्डका टिभी लगायत अन्य विभिन्न पुरस्कार […]

बर्षाको चलचित्र ‘ए साथी सुन’ को छायाँकन हेटौडाबाट सुरु

हेटौंडा \ अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहने चलचित्र ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट चलचित्रको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सामापजक सञ्जालमा सार्वजनिक गर्दै चलचित्रको छायाँकन सुरु भएको जानइएको छ । बिना कार्कीको निर्माण रहने चलचित्रमा बर्षाको अलवा नव अभिनेता रमेश बानियाँको मुख्य […]

“सिआन”मकवानपुर कलाकारिता अवार्ड हुँदै

थाहा कला केन्द्र मकवानपुरको आयोजना तथा सिआन पुर्नस्थापना केन्द्रको सहआयोजनामा “सिआन”मकवानपुर कलाकारिता अवार्ड तथा पत्रकार, सर्जक सम्मान कार्यक्रम हुने भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलन मार्फत कला केन्द्रको स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो । कोरोनाका कारण स्थगन भएको अवार्ड आउँदो जेठ ९ गते गर्ने गरि तयारी शुरु गरेको छ […]

‘लप्पन छप्पन २’को ट्रेलरः पैसा र शक्तिको भिडन्त

चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक्सनले भरिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा एपी एजुकेशन अष्ट्रेलियाको सहकार्यमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिम्सिना हुन् । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । चलचित्रमा […]

नेफ्टा अवार्डका लागि नेपाल आइन् निरुता, विपना पनि सहभागी हुने

शनिबार ‘दशौं नेफ्टा फिल्म अवार्ड’को आयोजना हुँदैछ । चलचित्र क्षेत्रकै प्रतिक्षित अवार्ड भएकाले पनि आम चलचित्रकर्मीले यसलाई चासोका साथ हेरेका छन् । यो अवार्डमा को–को कलाकार सहभागी हुन्छन् र अवार्ड कसले पाउँछ भन्ने पनि धेरैका लागि चासोको बिषय बनेको छ । यसैविच, यो अवार्डमा सहभागी हुनका लागि नायिका निरुता सिंह नेपाल आएकी छिन् । नायिका […]

मिस मकवानपुर सिजन –३ हुने, आवेदन खुल्ला

सिधाखबर \ हेटौंडामा मिस मकवानपुर सिजन –३ प्रतियोगिता हुने भएको छ । कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालि एवम स्पाक्लिङ्ग सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन –३ हुने बारे बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ । स्पाक्लिङ्ग सिजद्वारा मिस मकवानपुर -२०१८ एवम् कलिउड सुपर डान्स एन्ड फिटनेस द्वारा आयोजित मिस कलिउड -२०१९ भव्यताका साथ […]

अन्तर्राष्ट्रिय महिला दिवस २०२१ : हेर्न सकिन्छ यी उत्कृष्ट महिला केन्द्रित चलचित्रहरू

मुम्बई \ विगतको तुलनामा बलिउड इन्डस्ट्रीमा महिलाप्रधान चलचित्रहरू बन्ने क्रम बढ्दो छ । यति मात्रै नभई यी चलचित्रहरूले राम्रो प्रदर्शन पनि गरिरहेका छन् । पुरुष पात्रबिना महिला हिरोका रुपमा रहेका चलचित्रहरूले पनि बक्स-अफिसमा राम्रो कमाइ गरिरहेका छन् भन्ने उदाहरण प्रशस्त छन् । यस्तैमा सन् २०२१ मार्च ८ अर्थात् आज महिला दिवसका दिन हेर्न सकिन्छ यी […]

हेटौडाका राज कटुवाल चलचित्र बिकाश बोर्ड सदस्यमा नियुक्त

एक दशक अघि निर्माण भएको चलचित्र सम्बन्धबाट अभिनयमा डेब्यु गरेका हेटौडा ४ निबासी फनिन्द्रकुमार कटुवाल (राज) चलचित्र बिकाश बोर्डको सदस्यमा नियुक्ती भएकाछन् । पछिललो एक दशक देखी काठमाण्डौमा कलाकारीता गरीरहेका राजलाई गत शुक्रबार संचार मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा नियुक्ती गरेको थियो । राजले चलचित्र लालटिन्,लिला,संरक्षण लगाएतका चलचित्रका साथै धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् […]

चलचित्र पत्रकारको साधारणसभा, संस्थापकलाई सम्मान

सिधाखबर \ चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको १२ औं वार्षिक साधारणसभा भएको छ । शनिबार हेटौंडा–१७ को सालकपार्कमा साधारणसभा भएको हो । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा भएको सभामा नेपाल पत्रकार महासंघ महासचिव रमेश बिष्टको प्रमुख आतिथ्यता थियो । सभामा महासंघ केन्द्रीय महासचिव बिष्टले मुलुकमा पूर्णप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम […]

पौडेलको अध्यक्षतामा चलचित्र पत्रकार संघ पर्सा शाखा गठन

वीरगञ्ज \ चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरिएको छ । रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेलको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । बिहिवार एक कार्यक्रमका बिच गठित कार्यसमितिको उपाध्यक्षमा विवेक कर्ण, सचिबमा सूर्यनारायण वि क, सहसचिबमा प्रणय साह, कोषाध्यक्षमा समिना रञ्जितकार, सदस्यहरुमा  सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय […]

‘कबड्डी’को अन्तिम सिक्वेल ‘कबड्डी ४’ बन्ने

काठमाडौँ \ सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष आएको थियो । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ […]

अक्षयकुमारले यसरी बदले आफ्नो एक्सन अवतार

एजेन्सी \ अभिनेता अक्षयकुमारका अनुसार बलिउड यात्रा सुरु गरेको केही वर्षपछि उनलाई आफू एक्सन हिरोको छविमा जकडिएको अनुभव भएको थियो । अक्षय भन्छन्,‘आफ्नो करियरको सुरुवाती दिनमा म केवल एक्सन फिल्ममा अभिनय गर्थें । हरेक बिहान जब म उठ्थें, तब मलाई थाहा हुन्थ्यों कि मैले सेटमा गएर एक्सन सिन सुट गर्नुपर्छ । मलाई यो सम्झदाँ बोर […]

मिस एण्ड मिसेस ब्युटीफुल नेपाल छानिने

काठमाडौँ \ दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षझैं यस वर्ष पनि अविवाहित र विवाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । इन्टरटेनमेन्टले यहि फागुन १५ गते राजधानीमा मिस ब्युटीफुल नेपाल र मिसेस ब्युटीफुल नेपाल २०२१ आयोजना गर्न लागेको हो । अविवाहित युवतीहरुबीच हुने स्पर्धा हुने ‘मिस ब्युटीफुल नेपाल २०२१’मा राजधानीका विभिन्न […]

चीनकी चर्चित नायिका लियूले गरिन् नाकको शल्यक्रिया

चीनकी लोकप्रिय नायिका गाओ लियुले हालै आफूमाथि भएको एक त्रासदीपूर्ण घटनालाई आफ्ना प्रशंसकसँग साझा गरेकी छिन् । २४ वर्षकी लियुले केही समय अघि आफ्नो नाकको शल्यक्रिया गराएकी थिइन् तर यो शल्यक्रियाका लागि उनले ठूलो मूल्य चुकाउनु परेको छ । लियुले चीनको ट्वीटर जस्तो प्लेटफर्म वाइबोमा आफ्नो तस्बिर सेयर गरेकी छिन् । यो प्लेटफर्ममा नायिकाका ५० […]