राजनीति

निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज (सूचीसहित)

काठमाडौं \  निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय समेत आयोगले गरेको छ। जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न सम्बन्धित निकायमा लेखेर पठाइएको छ। दर्ता खारेज भएका दलका पदाधिकारीहरु अब निर्वाचन आयोगमा दर्ता रहेका […]

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा केसी प्रस्तावित

बुटवल \  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मंगलबार प्रदेश सभा सचिवालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्तावमा विपक्षमा रहेका ३४ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् ।उनीहरुले नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका […]

प्रचण्ड र नेपालबीच भेटवार्ता, ओली र नेपालबीच पनि कुराकानी हुने सम्भावना

काठमाण्डाै \  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।  बिहान कोटेश्वरमा झण्डै ४५ मिनेट भएको छलफलमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको बुझिएको छ । सत्तारुढ गठबन्धनबाट सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ […]

लुम्बिनी प्रदेशमा १६८ (२) बमोजिमको सरकार गठन गर्न मागसहित प्रदेश प्रमुखसमक्ष निवेदन पेश

बुटवल \  लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दैै निवेदन दिएको छ । सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख समक्ष संयुक्त निवेदन दिएका हुन् । प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, […]

गृह मन्त्रालयको छानबिन टोली दार्चुला प्रस्थान गर्दै

काठमाडौं \ भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज (सोमबार) दार्चुला जाँदै छ । छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो । टोली सोमबार काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको […]

लुम्बिनी प्रदेश: जसपाका तीन मन्त्रीको सांसद पद मुक्त

लुम्बिनी प्रदेश सरकारमा सहभागी  जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ ।  पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो । सांसदबाट पदमुक्त भएका तीनै जना […]

मन्त्रीको भागबण्डा मिल्यो, काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने

काठमाडौं \  सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । […]

चार नेताको रिट कार्कीको इजलासमा

काठमाडौं \ माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले दिएको दल […]

योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलद्वारा शपथ ग्रहण

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गर्नु भएको छ ।  सिंहदरबारमा बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो । गएको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो । पौडेलले यसअघि पनि योजना आयोगमा रहेर काम गरिसक्नुभएको छ । यस्तै अन्तर्राष्ट्रिय श्रम […]

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं \  सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । विहीबार विहान  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल  विस्तारबारे गठबन्धनका नेताहरुसँग छलफल गर्दै छन् । प्रधानमन्त्रीले बुधबार विहान पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।  गठबन्धनमा आबद्ध पार्टीको आन्तरिक समस्याका कारण नयाँ सरकार बनेको तीन साता हुनै […]

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्व पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं \ सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्व नेकपा माओवादी केन्द्रका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ \  सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे सुरु भएको हो । गठबन्धनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतको सहभागिता रहेको छ । एमालेको माधव नेपाल पक्षबाट पोलिटव्युरो सदस्य […]

तीन दलबाट को को बन्दैछन् मन्त्री ?

काठमाडौं \ नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री सचिवालयका अनुसार यही शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीले गठबन्धनमा […]

झलनाथ खनाललाई दोस्रो अध्यक्ष बनाउन माधव नेपालको प्रस्ताव

प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले एकताका लागि दबाब बढाएपछि उनले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने सर्त अघि सारेका […]

लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्कासित

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका तीन जना मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले बताए । उनीहरुलाई प्रदेश संसदीय दलले […]

गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान र लुम्बिनीमा अमिक शेरचन

सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

काठमाण्डाै \ यौन दुर्व्यवहारकाे मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाउनुभएको हो । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डाै जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो । पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक […]

अमिक शेरचनलाई प्रदेश प्रमुख बनाउन माओवादी केन्द्रको सिफारिस

माओवादी केन्द्रले प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ । मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा पार्टीका तर्फबाट शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको केन्द्रीय कायालयका सचिव श्रीराम खनालले अनलाइनखबरलाई जानकारी दिए । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीताकुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो […]

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेको भ्रमलाई गलत सावित गर्नेछन्ः नेता बानियाँ

हेटौंडा \  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अहिलेको देखिएको भ्रमलाई गलत साबित गरेर देखाउने दावी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि टिकाटिप्पणी भईरहेको बारे प्रतिक्रिया दिंदै नेता बानियाँले श्रेष्ठले संघर्ष गर्दै स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सफलता हासिल गरेकाले […]

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद टुङ्गोमा नपुगेको भन्दै […]