खेल

प्रतिष्ठानले जित्यो भलिबल उपाधि

सिधाखबर  \  थाहा नगरपालिकाको सहिद सुनिता स्मृति प्रतिष्ठानले आयोजक आभमञ्ज्याङ युवा क्लबलाई निरीह बनाउँदै जिल्ला स्तरीय भलिवलको उपाधि उचालेको छ । मकवानपुरगढी गाउँपालिका कार्यालयद्वाया मुख्य प्रायोजित जिल्ला स्तरीय रनिङशिल्ड भलिवल प्रतियोगिताको फाइनलमा प्रतिष्ठानले आयोजकलाई सोझो सेटमै धुलो चटाएको थियो । प्रतिष्ठानले आयोजक आमभञ्ज्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो […]

जिल्ला स्तरीय भलिवल, फाइनलमा आयोजक क्लब र सुनिता स्मृति प्रतिष्ठान भिड्दै

सिधाखबर  \ मकवानपुरगढीमा विहीबारबाट सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा फाइनल खेलमा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लब र सहिद सुनिता स्मृति प्रतिष्ठान भिड्ने भएका छन् । सेमि फाइनलमा प्रतिष्ठानले छहारी युवा क्लब नवलपुरलाई सोझो सेटमा हराउदैं फाइनल प्रवेश गरेको छ । ५ वेस्टमा खेलाइएको खेलमा प्रतिष्ठानको २५-१७, २५-१३ र २५-१३ अंक प्राप्त […]

जिल्ला स्तरीय भलिवल, उद्घाटन खेलमा आयोजक क्लब आमभञ्ज्याङ विजयी सुरुवात

सिधाखबर  \ मकवानपुरगढीमा विहीबारबाट सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लबको विजयी सुरुवात भएको छ । हटिया स्पोर्ट क्लबलाई पराजित गराएको हो । विहीबार सातवटा खेल भएको छ । आजको खेलमा कैलाश गाउँपालिका र स्व. सुनिता स्मृति प्रतिष्ठानबीच भएको खेलमा प्रतिष्ठान विजयी भएको छ । त्यस्तै, आमभञ्ज्याङ युवा […]

जिल्ला स्तरीय शिक्षक भलिवल प्रतियोगिता हेटौंडामा हुने

सिधाखबर \ पुस २८ गतेदेखी हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले खेलबारे जानकारी दिएको थियो । मकवानपुर जिल्लाभित्रका करिब २७ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ । टिम दर्ता […]

जिल्ला स्तरीय भलिवल, उद्घाटन खेलमा कैलाश र बज्रबाराही क्लबबीच हुने

सिधाखबर  \ मकवानपुरगढीमा हुने जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । भोली १४ गते उद्घाटन गरी खेल प्रतियोगिता हुने खेल कार्यक्रम संयोजक इन्द्रप्रसाद सञ्जेलले बताए । प्रतियोगितामा १२ वटा टिम दर्ता भएको र उद्घाटन खेल कैलाश गाउँपालिका र […]

जिल्ला स्तरीय भलिवल मकवानपुरगढीमा हुने

सिधाखबर  \ जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिता मकवानपुरगढीमा हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । मङ्गलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुस १४ गतेदेखि १७ गते सम्म प्रतियोगिता हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र […]

हेटौंडा भेट्रान्स कपको उपाधि एविसी पोखरालाई

सिधाखबर  \ हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले आफ्नो पोल्टामा पारेको छ । नागस्वती भेट्रान्स हेटौंडालाई २-१ गोल अन्तरले एविसी पोखरा विजेता भएको हो ।  खेलको निर्धारित समयको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल फर्काएर बराबरीमा पु¥याउनुभएको थियो […]

हेटौंडा भेट्रान्स: उपाधिका लागि एविसी र नागस्वती भिड्ने

सिधाखबर  \ हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधिका लागि एविसी भेट्रान्स पोखरा र नागस्वती भेट्रान्स हेटौंडा भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा यी दुबै टिमले फाइनल खेलका लागि प्रवशे गरेका हुन् । सेमीफाइनलमा एविसीले वानेश्वर भेट्रान्सलाई ४-० गोलअन्तरले हराउदैं फाइनल प्रवेश गरेको हो । एविसीको तर्फबाट खेलको ९ औं मिनेटमा महेन्द्र गुरुङले, […]

सेमीफाइनलमा एबिसी र बानेश्वर, नागस्वती र जोरपाटी भिड्दै

सिधाखबर  \ हेटौंडामा जारी सातौं भेट्रान्स कप अन्तरगत शुक्रबार बिहान भएको अन्तिम क्वाटरफाइनल खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । बगरभाई खलक ए र नागस्वती भेट्रान्स बीच भएको क्वाटरफाईनल खेलमा नागस्वती भेट्रान्सको तर्फबाट विजय श्रेष्ठले खेलको आठौं मिनेटमा, निमा लामाले दोस्रो, तेह्रौ, सत्रौ र २३ औं मिनेटमा गोल गरेका थिए भने नरेन लामाले २१ औ […]

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं \ सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । सातदोबाटो तेस्रो जितको खोजीमा […]

हेटौंडा भेट्रान्स कप अन्तर्गत : एबीसी,बानेश्वर र जोरपाटी भेट्रान्स सेमिफाईनल प्रबेश

हेटौैंडा–५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा जारी हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार २ क्वाटरफाईनल र एउटा समुह चरणको खेलहरु भएका छन् । बिहिबार भएको पहिलो क्वाटरफाईनल खेलमा एबीसी भेट्रान्स पोखराले चितवन भेट्रान्सलाई ५–० गोल अन्तरमा पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको छ । एबीसी भेट्रान्स पोखराको तर्फबाट खेलको १९ औ मिनेटमा महेन्द्र गुरुङले पहिलो […]

हेटौंडा भेट्रान्सः वालिङ, एबीसी, बगर भाईखलक र बानेश्वर क्वार्टरफाइनल प्रवेश

सिधाखबर  \ हेटौंडा-५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा जारी हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगितामा वालिङ, एबीसी भेट्रान्स, बगर भाईखलक पोखरा र बानेश्वर भेट्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलबाट जित निकाल्दै वालिङ, एबीसी भेट्रान्स, बगर भाईखलक पोखरा र बानेश्वर भेट्रान्सले क्वार्टरफाइनल भिडन्त पक्का गरेका हुन् । बुधबारको पहिलो खेलमा वालिङले बुटबल भेट्रान्सलाई २-० […]

सातौं हेटौंडा भेट्रान्स कप सुरु, उद्घाटन खेलमा हेटौंडा भेट्रान्स विजयी

सिधाखबर \  हेटौंडा भेट्रान्स क्लबको आयोजनामा सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता सोमबारबाट हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले प्रतियोगिताको उद्घाटन गरी खेलको सुरुवाती गरिएको थियो । पौष ३ गते सम्म जारी रहने प्रतियोगितामा १८ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगीतामा ४० वर्ष माथिका उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरु […]

सोमबारबाट हेटौंडामा भेट्रान्स कप हुने, उद्घाटन खेलमा आयोजक र सिमरा भिड्दै

सिधाखबर  \ हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुने सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता भोलीबाट हेटौंडामा हुने भएको छ । सोमबार विहान हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महतले प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम संयोजक मणिराज गौतमले बताए । सोमबार देखी पौष ३ गते सम्म प्रतियोगितामा १९ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगीतामा ४० वर्ष माथिका […]

सुदीप, स्वागता, युवराज र सुमुया बने युथ एथलेटिक्स च्याम्पियन

काठमाण्डाै \ सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । १६ वर्ष मुनिको ब्वाइजमा सुदीप र गर्ल्समा सुष्मा तथा २० वर्ष मुनिको ब्वाइजमा युवराज र गल्र्समा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सुमुया बंगलादेशकी हुने भने बाँकी सबै नेपाली खेलाडी हुन् । […]

अधिकारीद्धारा क्याम्पाचौरको निर्माणधिन स्टेडियमलाई ५ हजार सहयोग

हेटौडा ५ क्याम्पाचौरमा निर्माणधिन स्टेडियमका लागी सोही वडा निवासी राजेश अधिकारीले ५ हजार नगद सहयोग गरेकाछन् । अधिकारीले छोरी राशिका अधिकारीको जन्म दिनको अबसरमा सो रकम स्टेडियमका लागी सहयोग गरेका बताएकाछन् । आफनो वडामा खेल क्षेत्रको बिकाशका लागी निर्माणधिन स्टेडियममा आफनो पनि सहभागीता रहोस भनेर अधिकारीले १० बर्षे छोरी रासिकाको जन्म दिनको अबसरमा सोमबार रकम […]

सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता मंसिर २७ गतेदेखि

हेटौंडा भेट्रान्स क्लबले सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता आगामी मंसिर २७ गतेदेखि आयोजना गर्ने भएको छ। शुक्रबार हेटौडामा आयोजित पत्रकार सम्मेलनमा कलबले आगामी मंसीर २७ गते देखी पौष ३ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो । हेटौडा ५ क्याम्पाचौरमा आयोजना हुने प्रतियोगीतामा २० कल्बको सहभागीता रहने प्रतियोगीताका संयोजक मणिराज गौतमले जानकारी […]

मलेसियालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी(२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रन जोडिन् । सीताले ३८ बलमा तीन चौका प्रहार गरिन् । त्यस्तै कप्तान […]

लक्ष्मीमाया स्मृति भलिबल प्रतियोगिता मंसिर १६ गतेबाट

हेटौंडा \  १९ औं संस्करणको स्व. लक्ष्मीमाया बज्राचार्य स्मृती जिल्ला स्तरिय खुल्ला रनिङ्ग शिल्ड भलिवल प्रतियोगिता यही मंसिर १६ गतेबाट हुने भएको छ । आयोजक बसामाडी जेसीजले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताकोबारेमा जानकारी दिएको हो । प्रतियोगिता यही १६ देखि १९ गतेसम्म हेटौंडा–१७ हटियास्थित नेपालचौरमा हुने जानकारी गराइएको छ । स्वर्ण भण्डार हेटौंडाका […]

कांग्रेस नेतृ स्वर्गीय गुरुङ स्मृति फुटबलको उपाधि नर्मल मुस्कानलाई

हेटौंडा \  मकवानपुर  कांग्रेसकी नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा हेटौंडा-८ कमानेमा जारी  नकआउट फुटबल प्रतियोगिताको उपाधि नर्मल मुस्कान टिमले हात पारेको छ।बुधबार सम्पन्न फाइनल खेलमा कमाने युनाइटेड र नर्मल मुस्कान बीचको खेलमा नर्मल मुस्कानले २ का विरुद्ध ३ गोल अन्तरले युनाइटेडलाई पराजित गर्दै प्रतियोगिताको उपाधी हात पार्न सफल भएको हो।विजेता र उपविजेता टिमले क्रमश नगद […]