• २०७८ जेठ ०२, आइतबार
  • सरकारको कमजोरीले गर्दा मुख देखाउन नसकिने भयो : सांसद खतिवडा

    १० आश्विन २०७५, बुधबार १९:०१

    सिधाखबर \ नेपाल कम्युनिस्ट पार्टीका मकवानपुरे सांसद विरोध खतिवडाले सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा सरकारको गतिविधिले मुख देखाएर हिँड्नै लाज भइसकेको बताएका हुन् । राज्यको स्थायी संयन्त्रले अनुसन्धान अघि बढाउनुभन्दा आयोग बनाएर प्रतिवेदन कुरेर बस्नु लाजमर्दो भएको उनको भनाइ छ ।

    हत्या बलात्कार ज्यानमारा सबैमा आयोग बनाउने अनि प्रतिवेदन आएपछि कहाँ को लुकेको छ भनेर खोज्दै हिँड्ने ? के तरिका हो यो’ उनले प्रश्न गरे ‘आउँदा दिनमा कुनै पनि केसमा आयोग बनाउने टोली खटाउने प्रतिवेदन आउँछ पख्नुस माननीयज्यू भन्ने अनि प्रतिवेदन आएपछि बल्ल छानबिन गर्ने हो ? हरेक घटनामा आयोग बनाउने हो भने स्थायी राज्यको संयन्त्रलाई तलब खुवाएर किन राखेको ? मुख देखाएर हिँड्न लाज भइसक्यो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *