• २०७८ जेठ ०२, आइतबार
  • हेटौंडामा घुस सहित सव-इन्जिनियर पक्राउ

    २१ फाल्गुन २०७७, शुक्रबार १५:१०

    सिधाखबर \ प्रदेश सरकार उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्र प्रसाद लामिछाने घुस रकम सहित पक्राउ परेका छन् ।

    विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं टंगालबाट खटिएको टोलीले रकम सहित उनलाई पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद रिसालले बताए । उनलाई थप अनुसन्धानको लागि हेटौंडाबाट काठमाडौं लगिएको छ ।

    चितवनको माडी नगरपालिका स्थायी घर भएका ४० वर्षिय लामिछाने एक वर्ष देखि पर्यटन विकास आयोजनाका कार्यरत कर्मचारी हुन् । उनको धादिङ, चितवन, रसुवा र नुवाकोट कार्यक्षेत्र रहेको पर्यटन विकास आयोजनाका प्रमुख विष्णु प्रसाद भण्डारीले बताए । उनले धादिङ जिल्लाको खनियाँवासमा आव २०७५/०७६मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने कामको शिलशीलामा सेवाग्राही सँग रकम लिएको पाइएको भण्डारीले बताए ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *