• २०७८ जेठ ०२, आइतबार
  • मातृभूमिद्धारा पन्ध्र स्रष्टा सम्मानित तथा पुरस्कृत

    २८ फाल्गुन २०७७, शुक्रबार १६:५१

    सिधाखबर \ प्रत्येक वर्ष प्रदान गरिदै आएको मातृभुमी साहित्य समाज मकवानपुरले शुक्रबार एक कार्यक्रमबीच विभिन्न विधामा १५ वटा साहित्य सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोरोनाका कारण सहित विभिन्न समस्याले प्रदान गर्न बाकीँ रहेका गत वर्षका केहि सम्मान र पुरस्कार यसै वर्ष प्रदान गरिनेको हो । समाजका संस्थाका अध्यक्ष माधब पोख्रेलको सभाध्यक्ष तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

    यस वर्ष मातृभूमि राष्ट्रिय पुरस्कार, २०७७ बाट संयुक्त रुपमा नाट्यकर्मी सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई प्रदान गरिएको छ । यसैगरी इश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७५बाट चितवनका गजलकार पुष्प अधिकारी, इश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७६बाट जनकपुरको मिथिला नाट्यकला परिषद्, नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार २०७६बाट मकवानपुरका बाबु क्षेत्री, श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार २०७६बाट वीरगञ्जका समाजसेवी राजकुमार सिंधी, होमनाथ वलदेवी–मातृभूमि छन्द साहित्य सम्मान २०७७बाट चितवनका साहित्यकार केशवराज आमोदी, मायादेवि– मातृभूमि पुरस्कार २०७७बाट काठमाडौंकी कवि अनुराधा शर्मा, शेखर शर्मा रिजाल– मातृभूमि शैक्षिक पुरस्कार २०७६बाट चितवनका प्रा.डा. नारायण प्रसाद खनाल र २०७७ बाट सुनसरीका सुवर्ण बहादुर थापा, हातेमालो–मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७बाट मकवानपुरका सुवास खनाल, क्षेत्र बहादुर स्मृति–मातृभूमि सम्मान २०७७बाट मकवानपुरका कवि डा. गणेश कुमार पौडेल, राजकुमार स्मृति–मातृभूमि सम्मान २०७७बाट आसाम निवासी कृष्ण विक्रम राणा, केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७बाट मकवानपुरका पत्रकार सुवर्णलाल श्रेष्ठ, झलक बहादुर बानियाँ स्मृति जीवन संघर्ष मातृभूमि सम्मान २०७७ बाट मकवानपुरका बिसु लामा र मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७बाट मकवानपुरकी दिव्या चौलागाईलाई प्रदान गरिएको छ । सम्पूर्ण सम्मानित तथा पुरस्कृत व्यक्तित्वलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

    No description available.

    कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्नो रचना वाचन गरी कार्यक्रमको शोभा बढाएका थिए । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल, निशा शर्मा पोखरेल, मातृभूमि साहित्य समाजका संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष हयाग्रीव आचार्य, पूर्व अध्यक्ष देवराज खरेल, राजबाबु पहाडी, उपाध्यक्ष कृष्णप्रसाद दाहाल, सदस्य राजन ढकाल लगायतको अतिथ्यता रहेको थियो ।

    शनिबार कवि तथा सञ्चारकर्मी प्रा.डा. नवराज लम्साललाई ५१ हजार राशि सहित महालक्ष्मी साहित्य पुरस्कार २०७७ प्रदान गरिनेछ भने मकवानपुरका दुई स्रष्टालाई सम्मान गरिने कार्यक्रम रहेको छ । महालक्ष्मी विकास बैंकले स्थापना गरेको उक्त पुरस्कार मातृभूमि साहित्य समाजको सहकार्यमा प्रदान गर्दै आइरहेको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *