• २०७८ जेठ ०२, आइतबार
  • बर्षाको चलचित्र ‘ए साथी सुन’ को छायाँकन हेटौडाबाट सुरु

    ३ चैत्र २०७७, मंगलवार १९:००

    हेटौंडा \ अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहने चलचित्र ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट चलचित्रको छायाँकन सुरु भएको हो ।

    अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सामापजक सञ्जालमा सार्वजनिक गर्दै चलचित्रको छायाँकन सुरु भएको जानइएको छ । बिना कार्कीको निर्माण रहने चलचित्रमा बर्षाको अलवा नव अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ ।

    सस्पेन्स थ्रिल श्रीआइभिएन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र प्रेमकथा र समसामयिक विषयमा निर्माण हुन लागेको हो । मदनकृष्ण महर्जनको छायाँकन र ईश्वर घिमिरे प्रोडक्सन रहेको चलचित्रको निर्देशक भने रामराधव आचार्य हुन् ।

    बागमती प्रदेशको राजधानी हेटौडाबाट छांयाकन सुरु गरेको चलचित्रले मकवानपुरका विभिन्न पर्यटकीय स्थलहरुमा छांयाकन हुनेछ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *