• २०७८ जेठ ०२, आइतबार
  • नेपाल र बङ्गलादेशबीच फाइनल खेल: प्रधानमन्त्री ओली खेल हेर्न रङ्गशाला जाने

    १६ चैत्र २०७७, सोमबार १५:२३

    काठमाण्डाै \ प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जानुहुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री ओली खेल हेर्न र प्रतियोगिताको समापनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।

    सवा पाँच बजे रङ्गशाला पुग्नु हुने प्रधानमन्त्रीले पूरै समय खेल हेर्ने पनि बजगाईँले जानकारी दिनुभयो । प्रधानमन्त्री उपस्थित भए पनि रङ्गशाला वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । रङ्गशाला प्रवेश गर्ने दर्शकको जाँचमा पनि कडाइ हुने सुरक्षा स्रोतले जनाएको छ ।

    नेपाल र बङ्गलादेशबीचको फाइनल खेल साढे पाँच बजे सुरु हुँदैछ । त्रिदेशीय फुटबल कपकाे उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्न लागेका हुन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *