• २०७८ जेठ ०२, आइतबार
  • कल्याणकारी कोषलाई चलचित्र ‘श्री’को सहयोग

    ४ बैशाख २०७८, शनिबार १५:२०

    काठमाडौंँ \  चलचित्र पत्रकार संघले शुरु गरेको कल्याणकारी कोषका लागि प्रदर्शनरत चलचित्र ‘श्री’ २५ हजार सहयोग गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सो सहयोग हस्तान्तरण गरेको हो ।

    चलचित्रकी निर्माता सबिता गुरुङले सहयोग रकम पत्रकार संघका अध्यक्ष दीनेश सिटौलालाई प्रदान गरिन् । कार्यक्रममा चलचित्र ‘श्री’ शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको समेत जानकारी दिइयो । एभरेष्ट सुर्य बोहराको निर्देशन रहेको चलचित्र ‘श्री’ २७ चैत्रबाट प्रदर्शनमा आएको थियो ।

    सविता गुरुङको निर्माण रहेको चलचित्रमा सन्दीप छेत्री र भोला सापकोटा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजाराम पौडेल, रवीन्द्र झा, सविता गुरुङलगायत कलाकारको अभिनय रहेको छ । लकडाउनमा एउटा ब्यापारीले भोग्नु परेको पिडा फिल्मले देखाउन खोजेको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *