• २०७८ जेठ ०२, आइतबार
  • अध्यक्ष गौतमलाई बधाई ज्ञापन, कार्यबहाक अध्यक्षमा खड्का

    ६ बैशाख २०७८, सोमबार १८:५५

    हेटौँडा \ चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले सोमबार विशेष बैठक बसी नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा अध्यक्ष पदमा निर्वाचित मणिराज गौतमलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । संघका अध्यक्ष रहेका गौतम महासंघको ११ औं अधिवेशन बाट अध्यक्षमा चैत्र २५ गते निर्वाचित भएका थिए । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका संस्थापक सचिव रहेका गौतम दुई कार्यकाल संघको अध्यक्ष रहेका थिए ।

    May be an image of 2 people, including Kapil Khadka, people standing and indoor

    बैठकले महासंघको अध्यक्ष निर्वाचित भए पश्चात संघका उपाध्यक्ष कपिल खड्कालाई कार्यबहाक अध्यक्ष तोकिएको छ । अध्यक्ष गौतमले खड्कालाई खादा लगाएर कार्यबहाक सुम्पिनुभएको हो । खड्का संघको संस्थापक सदस्य, कोषाध्यक्ष र हाल उपाध्यक्ष पदमा रहेका थिए ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *