• २०७८ जेठ ०२, आइतबार
  • जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता स्थगित

    ८ बैशाख २०७८, बुधबार १४:४३

    हेटौंडा \ हेटौंडा-१० को फरेष्टीको खेलमैदानमा हुने भनिएको जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता स्थगित भएको छ ।

    आज जिल्ला समन्वय समिति मकवानपुरको अधिकारी आनन्दराज पोखरेलले एक सूचना जारी गदैै कोभिड-१९ संक्रमण बढ्दै गएको कारण उक्त प्रतियोगिता अर्को सूचना जारी नहुनजेलको लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

    जिल्ला समन्वय समिति मकवानपुरले गएको बैशाख ६ गते हेटौंडामा पत्रकार सम्मेलन गर्दै बैशाख ९ गते देखि १९ गते सम्म जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल हुुने जानकारी दिएको थियो ।

    जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र नेपाल सरकारले कोरोना संक्रमण रोकथामको लागि जारी गरेको मापदण्ड परिपालन गर्नुपर्ने हुँदा प्रसितयोगिता स्थगित गर्नुपरेको अधिकारी पोखरेलले सूचनामा जनाएका छन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *