• २०७८ जेठ ०२, आइतबार
  • श्रमजीवीहरुको हितमा कार्य गर्ने संगठन नै वाइसियल हो : प्रकाश पाण्डे

    १२ बैशाख २०७८, आईतवार ०८:२५

    थाहानगर \ योङ कम्युनिष्ट लिग नेपाल थाहा नगर भेलाको सम्बोधन गर्ने क्रममा योङ कम्युनिष्ट लिग नेपालका केन्द्रिय सचिव तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रकाश पाण्डेले श्रमजीवीहरुको हितमा कार्य गर्ने संगठन नै वाइसियल भएको बताएका छन् । पाण्डेले युवाहरु वायु जस्तै हुनु पर्ने समेत बताए । शनिबार थाहा नगरको विकास घरमा सम्पन्न थाहा नगर भेलाको प्रमुख अतिथि पाण्डेले युवाहरुलाई वैज्ञानिक, प्राविधिक रुपमा अगाडि बढ्न अनुरोध गरे ।

    भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्टले समाजलाई उन्नत बनाउन युवाको भुमिका महत्त्वपूर्ण हुने बताए । उनले पार्टी र युवाबीच नङ र मासु जस्तो सम्बन्ध हुनुपर्ने बताए ।भेलाले मानसिं दोङको अध्यक्षता मा ४१ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल थाहा नगर कमिटिको चयन गरेको छ ।

    कमिटिको उपाध्यक्षमा उत्तम थापा, दिवाकर गोपाली, संग्राम विष्ट, सचिवमा युवराज विष्ट, कोषाध्यक्षमा देवकी तामाङ, सहसचिवमा कृष्णमान लो, राजीव बिक्रम खड्का र सदस्यमा सुविन्द्र गोपाली, युवराज थिङ, रवि कार्की, अरुण मोक्तान, पुर्ण थिङ, कुमार रायमाझी, मनिष अधिकारी लगायत चयन भएका छन् ।

    भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण विष्ट, सह इन्चार्ज जयराम रायमाझी, इन्द्रसरोवर इन्चार्ज विनायक गोले, जिल्ला सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, वाइसियल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, मकवानपुर अध्यक्ष राजकुमार मोक्तान, एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर अध्यक्ष मनोज रायमाझी लगायतको अतिथ्यता रहेको थियो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *