• २०७८ जेठ ०२, आइतबार
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    १५ बैशाख २०७८, बुधबार १०:५५

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पिसिआर परीक्षणका कारण स्थगित भएको थियो । पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको पौडेलले जानकारी दिनुभयो । आज बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौं गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *