• २०७८ जेठ ०२, आइतबार
  • वडा अध्यक्ष बानियाँ परिवारद्धारा सामुदायिक प्रहरी सेवा केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

    १९ बैशाख २०७८, आईतवार १८:५६

    सिधाखबर \ हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले आफनो व्यक्तिगत खर्चमा सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई एम्बुलेन्स सहयोग गर्नु भएको छ । आईतबार जिल्ला प्रहरी कार्यलय मकवानपुरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष बानियाँ र उनकी आमा नर्बदा बानियाँले बागमती प्रदेश प्रहरी कार्यलयका प्रमुख बसन्त लामा तथा सामुदायिका प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरका अध्यक्ष राम बिष्टलाई संयुक्त रुपमा एम्बुलेन्सको चावी हस्तान्तरण गर्नु भएको हो ।

    बाँनियाले आफना हजुरबुवा चेत सिंह बानियाँ र पिता बिरेन्द्र बहादुर बानियाँको स्मृतिमा बुहारी तथा श्रीमती नर्बदा बानियाँ, नाती तथा छोराहरु रबिन बानियाँ,रमेश बानियाँ (हाल क्यानडा) तथा राजेश बानियाँ परिबारले १४ लाख ५० हजार खर्चमा एम्बुलेन्स सहयोग गर्नु भएको हो । एम्बुलेन्स हस्तानतरण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख लामाले सामाजिक सेवामा बानियाँ परिवारको सहयोग उल्लेख्य रहेको बताउदै एम्बुलेन्सबाट प्राकृतिक प्रकोप दुर्घटनामा उद्धार तथा सामाजिक सेवामा प्रयोग हुने बताउनु भयो ।

    एम्बुलेन्सको चावी हस्तान्तरण कार्यक्रममा आफनो ससुराबुवाको नाममा एम्बुलेन्स सहयोग गरेकोमा खुसीहुदै बुहारी नर्बदा बानियाँले छोराहरुप्रति आभार ब्यक्त गर्नुभयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरका अध्यक्ष राम बिष्टले यो एम्बुलेनसबाट धेरै घाईते तथा बिरामीहरुलाई उपचारको लागी अस्पताल लैजान ठुलो सहयोग पुग्ने बताउदै दाता बानियाँ परिवारप्रति धन्यवाद व्यक्त गरेका थिए ।

    कार्यक्रममा वडा अध्यक्ष बानियाँले आफुहरुले हजुरबुवा तथा बुवाको नाममा एम्बुलेन्स सहयोग गर्न पाँउदा निकै खुसी लागेको बताउदै एम्बुलेन्स निकै प्रभावकारी प्रयोग हुनेमा आशावादी रहेको बताउनुभयो । हामीले सहयोग गरेका छौ अब यसलाई व्यवस्थित तरिकाले संचालन गर्ने जिम्मा सामुदायिक प्रहरी सेवा केन्द्रको हो आवश्यक परेको खण्डमा अन्य सहयोग गर्ने तयारीमा आफुहरु रहेको बानियाँले बताउनुभयो । एम्बुलेन्सलाई सामुदायिक सेवा केन्द्र मकवानपुर हेटौडाको २०७८ संचालन नियमावली अनुसार संचालन गरीने अध्यक्ष बिष्टले बताउनु भयो ।

    सामाजीक दुरी कार्यम गरी आयोजना गरीएको कार्यक्रममा सामुदायिका प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरका पुर्व अध्यक्ष कुमार पौडेल, नेपाली काग्रेस हेटौडा नगर सभापति आनन्दराम पराजुली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोर, नेपाली काग्रेस मकवानपुर कोभिड अनुगमन समिति संयोजक उत्सव ईटनी, नेपाली काग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल बिक लगाएतको सहभागीता रहेको थियो ।

     

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *