• २०७८ जेठ ०२, आइतबार
  • हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

    २० बैशाख २०७८, सोमबार १२:०१

    हेटौंडा \ हेटौंडा अस्पतालमा फेरी एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमणभई भेन्टिलेरमा राखेर उपचार गराइरहेका महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले बताएका छन ।

    यो सँगै हेटौंडा अस्पतालमा हिजो र आज गरेर कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । हिजो राती हेटौंडाका ५५ बर्षीय पुरुष र आज बिहान बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *