• २०७८ जेठ ०२, आइतबार
  • नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

    २१ बैशाख २०७८, मंगलवार ०८:५८

    हेटौंडा \ गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले सोमबार साँझ पद तथा गोपनीयताको शपथ लिएका गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रखुममा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

    नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सोमबार नै राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला पन्तलाई पदमुक्त गरेकी थिइन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *