• २०७८ असार ०१, मंगलबार
  • रियललाई हराउँदै चेल्सी फाइनलमा

    २३ बैशाख २०७८, बिहीबार ०८:३५

    काठमाण्डाै \  रियल मड्रिडलाई २-० गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    गएराति भएको खेलमा चेल्सीलाई जिताउन टिमो वार्नर र मिसन माउण्टले एक/एक गोल गरे । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

    सिटी मंगलवार राति पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । उसले सन् २००८ मा म्यानचेस्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा उपाधि गुमाएको थियो । त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *