• २०७८ असार ०१, मंगलबार
  • अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ बिहीबारदेखि सुरु

    २४ बैशाख २०७८, शुक्रबार ११:२३

    काठमाडौँ \ चौंथो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । कोरोनाको कारण भर्चुअल रुपमा आयोजना भएको महोत्सवमा बिहिबार बलिउड निर्देशक अनुराग कश्यपले फिल्म निर्माणको बिषयमा आफ्ना अनुभव बाँडेका थिए ।

    विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ आयोजना भएको महोत्सवको उद्घाटन सत्रमा फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधिको फेस्टिभललाई शुभकामना समेत दिएका थिए । महामारीले हाम्रो मनोबल कमजोर बनाएको छैन है भन्ने सन्देश दिन भर्चुअल रुपमै भएपनि फेस्टिभल आयोजना गरिएको आयोजक केपी पाठकले बताए ।

    नेपाली चलचित्र र चलचित्रकर्मी लाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्य रहेको फेस्टिभलमा थुप्रै फिल्म प्रदर्शन हुनेछ ।

    कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, कलाकार नीर शाह, तुलसी घिमिरे लगायतले फिल्म, साहित्य र संगीतको बिषयमा धारणा राखेका थिए । फेस्टिभलमा शुक्रबार फिल्म प्रदर्शन र नेपाली सिनेमा सम्बन्धी बहसहरू सञ्चालन हुनेछन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *