• २०७८ असार ०१, मंगलबार
  • झरना–बकैया बाल साहित्य परिचालन समिति गठन

    २६ बैशाख २०७८, आईतवार ०८:१०

    हेटौंडा \  मकवानपुरको पूर्वी क्षेत्रमा क्रियाशिल साहित्यक संस्था झरना साहित्य परिवारको पहलमा झरना–बकैया बाल साहित्य परिचालन समिति गठन गरिएको छ ।

    झरना साहित्य परिवार मकवानपुरको शनिबार भएको २६५ औं नियमित साहित्य शृंखलाका अवसरमा बकैया स्तरीय समिति गठन गरिएको हो । बकैया गाउँपालिकाभित्र रहेका बालसाहित्य समितिका गतिविधिहरुलाई प्रभावकारी बनाउनका लागि १३ सदस्यीय बाल साहित्य परिचालन समिति गठन भएको संस्थाका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

    झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको संयोजकत्वमा गठित झरना बाल साहित्य परिचालन समितिको अध्यक्षमा विजय दोङ र सचिवमा स्वस्तिका दाहाल रहेका छन् । संस्थाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बकैया स्थित बालसाहित्य समितिका बालबालिकाहरुले आ–आफ्ना रचना समेत वाचन गरेका थिए ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *