• २०७८ असार ०१, मंगलबार
  • बेलायतमा कोरोनाबाट थप ११ को मृत्यु, दुई हजार बढी संक्रमित

    ३० बैशाख २०७८, बिहीबार ०८:३६

    लन्डन \  बेलायतमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६४० पुगेको छ।

    यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार २८४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ४१ हजार ९७५ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५८ हजार २३२ छ भने ४२ लाख ५६ हजार १०३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लाग्दै गएको छ भने निको हुनेको संख्या पनि थपिँदै गएको छ ।

    ५ करोड ४१ लाख बढी डोज खोप वितरण

    बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ४१ लाख ६० हजार ९९३ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ५७ लाख २२ हजार ४६१ जनाले पहिलो र एक करोड ८४ लाख ३८ हजार ५३२ जनाले दोस्रो डोज लगाएका छन् । सरकारले भोलिबाट इङ्ग्ल्याण्ड ३८ र ३९ वर्ष उमेर पुगेकालाई खोप बुकिङ्गको लागि खुला गर्ने भएको छ । सो उमेर समूहका मानिसलाई नेशनल हेल्थ सर्भिस ९एनएचएस० ले खोपको लागि दर्ता गर्न म्यासेज मार्फत पनि जानकारी गराउनेछ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *