• २०७८ असार ०१, मंगलबार
  • नियुक्ति सकिदाँ पनि सेवा गर्दै डा. काफ्ले

    १ जेष्ठ २०७८, शनिबार १८:३२

    सिधाखबर \ गतवर्षबाट नै कोभिड १९ को फोकल पर्सन भई हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेको अस्पतालको नियुक्ति सकेको एक साता भएको छ । दुई वर्षको लागि नियुक्ति लिएर हेटौंडा अस्पताल आएका डा. काफ्लेको नियुक्ति मिति सकिएको एक साता भएको उनले सिधाखबरलाई बताए ।

    हेटौंडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत राखेपनि एक साता बित्दा पनि नियुक्तीको विषयमा प्रशासन मौन रहेको उनको गुनासो छ । रातदिन अहोरात्र खटिरहेको छु, कोभिडको संक्रमण बढ्दो छ, आफु फोकल पर्सन पनि हुँ मानविय नाताले पनि आफुले सेवा गर्दै आइरहेको उनले भने ।

    नियमानुसार त सरकारी डाक्टर नियुक्तिी लिएको समय पछि काम गर्दैनन् कि त नियुक्ति रिन्यु गर्ने तर्फ लाग्छन् तर आफु सेवा गर्न तर्फ तत्पर रहेको बताए । प्रशासनले यस विषयमा छिट्टै निर्णय गर्नेमा आफु ढुक्क रहेको उनी बताउछन् ।उनकै कमान्डरमा हेटौंडा अस्पतालमा कोभिड विरामी उपचार हुदैं आइरहेको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *